तस्बिर राजन रावत, हुम्ला
सिमकोट । गत असार २१ गते बाढीले बगाएर लगेको सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलाको काठेपुलको
आगामी साउन १० गतेसम्म सकिने भएको छ । सो काठेपुलको पुनरःनिर्माण कार्यको अबस्था बारे बुझ्न स्थलगत रुपमा अनुगमनमा पुगेको जिल्ला स्तरीय अनुगमन टोलीलाई निर्माण कम्पनी पक्षले उक्त प्रतिबद्धता जनाएको छ ।
निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि छिरिङ लामाले साउन १० गतेसम्म पुलको निर्माण कार्य पुरा गरेर यातायातका साधन सञ्चालनमा ल्याउने जानकारी दिए । पुलको निर्माणको अवस्था बुझ्न स्थालगत रुपमा पुगेको टोलीलाइै लामाले सो कुरा बताएका थिए । यसअघि काठेपुलको पूनरः निर्माण कार्य चाँडो सम्पन्न गरेर सडक सुचारु गर्न निर्देशन दिईएको छ । सो काठेपुलको पुनरःनिर्माण कार्यको अबस्था बारे बुझ्न स्थलगत रुपमा अनुगमनमा पुगेको जिल्ला स्तरीय अनुगमन टोलीले निर्माण कम्पनी पक्षलाई तत्काल काठेपुल निर्माण गर्न निर्देशन दिएको हो ।
अनुगमन टोलीका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले असार २१ गते बाढीले बगाएर क्षेती पुर्याएको हेक्पा खोलाको काठे पुलको पुनरःनिर्माण कार्य चाँडौ सम्पन्न गरेर अबरुद्ध हुँदै आएको सिमकोट हिल्सा सडक सुचारु गर्न निर्माण कम्पनी पक्षलाई निर्देशन दिएका थिए । पन्द्र दिनदेखि सिमकोट हिल्सा सडक खण्ड अबरुद्ध हुँदै आएको छ । सो काठेपुलको निर्माण कार्य सुस्तगतिमा भई रहेको बताउदै उनले राजमार्ग बन्द भएको अबस्थामा सो कुरालाई ध्यानमा राखि काम छिटो, छरितो र पुल बलियो बन्ने गरि कामलाई गति दिन आग्रह समेत गरे । बाढीले बगाएको काठेपुलको पुनरः निर्माण कार्य सपना धुलिखेल जेभीले जिम्मा लिएको छ ।
यसका लागि बजेको ब्यवस्था हिल्सा सिमकोट सडक आयोजना र पुर्बाधार बिकास कार्यालयले ब्यवस्था गरेका छन् । अनुगमन टोलीमा पुगेका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले काठेपुललाई जति सक्दो चाँडो सम्पन्न गरेर अबरुद्ध रहेको यातायात सेवा सुचारु गर्नु अहिलेको आवश्यकता रहेको बताए । उक्त खोलामा पक्की पुलको निर्माण कार्य भई रहेको कारण सिमकोट हिल्सा यातायात सेवा सुचारु गर्न काठेपुल निर्माण गरिएको थियो । सो काठेपुल बाढीले बगाएपछि यातायात सेवा बन्द हुँदै आएको छ । अनुगमनका लागि राजनीति दलहरुबाट नेपाली काँग्रेसका कावा सभापति कैलाश भणडरी, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य बिरजग शाही, प्रहरी नायव उपरिक्षक रबिन्द्र खनाल लगाएतको सहभागिता रहेको थियो ।