सिमकोट । जिल्ला भित्रका आन्तरिक सडकहरुलाई प्राथमिकताका साथ निर्माण कार्य गर्दै आएको पुर्बाधार बिकास कार्यालयले एक वर्षमा ४६ किलो मिटर सडक निर्माण गरेको छ । आर्थिक वर्ष ०८०।०८१ को साउन महिनाबाट असार मसान्तसम्म उक्त दुरीको सडक निर्माण गर्ने कार्य सम्पन्न भएको हो ।
सो कार्यालयका प्रमुख नरेशराज जैसीले जिल्लाका सात वटै गाउँपालिकाका पन्द्र वटा सडक योजनाहरुको निर्माण कार्य गर्दा ४६ दशमलव दुई किलो मिटर सडक निर्माण गर्न सफल भएको बताए । यी सडकहरु पर्यटकीय तथा धार्मिक स्थल जोड्ने, दुई गाउँपालिका जोड्ने, गाउँपालिका केन्द्रबाट वडा जोड्ने, ब्यापारिक प्रयोजनका स्थानलाई जोड्ने कार्यमा निर्माण गरिएको छ ।
कार्यालयले निर्माण कार्य सम्पन्न गरेका सडकहरुमा नाम्खा गाउँपालिकाको मानेप्यामेबाट लिमी जोड्ने सडकमा चार किलो मिटर निर्माण कार्य भएको छ ।त्यसैगरि कार्यालयले निर्माण गरेका अन्य सडकहरुमा नाम्खा गाउँपालिका कै तुम्कोट पुलदेखि मुचु गाउँसम्मको साँढे पाँच किलो मिटर, नाम्खा गाउँपालिका कै हेक्पा साँघुदेखि ताङ्गीन गाउँसम्मको चार सय मिटर सडक निर्माण रहेको छ । यता सिमकोट र खार्पुनाथ गाउँपालिकाको खार्पुदेखि चुँवा खोलासम्मको सडकमा तीन किलो मिटर निर्माण भएको छ । सो योजना बहुबर्षीय भएको कारण चालु आथिृक वर्षमा पनि निर्माणधिन हुनेछ ।
त्यसैगरि सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिका जोड्दे सर्केगार्ड मारघोर खार्पुनाथ सिमकोट सडक २२ किलो मिटर निर्माण कार्य भएको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिका कै पानीमुल रास्कोट सडक साँढे दुई किलो मिटर, छ्यागी गिउसी बराई सडक एक किलो मिटर, सर्केगार्ड, जैरदेखि तुम्च सडक साँढे एक किलो मिटर, तातपुल मुनिदेखि डाँटीसम्म सडक दुई किलो मिटर, कुम्ली कोटदेखि आख्लेसम्म एक हजार एक सय मिटर, खच्चा नाउलीदेखि जैरसम्म सडक दुई किलो मिटर निर्माण कार्य सम्पन्न भएको छ ।
यता चङ्खेली गाउँपालिका पिप्लाङदेखि पालीसम्म सडक आठ सय मिटर निर्माण कार्य भएको छ । त्यस्तै अदानचुली गाउँपालिकाको कन्यारी छत्यालावाडा बाहुनबाडा बालुकुना हुँदै लमसम्म एक किलो मिटर, कुष्डादेखि कल्ख्यासम्म चार सय मिटर, काँख्या, बारीगाउँ कर्गै हुँदै पाल्स सडक एक किलो मिटर निर्माण भएको छ ।
यी सबै निर्माण भएका सडकहरु प्रारम्भिक ट्राक खुलाउने र ग्याविन लगाउने कार्य भएको हो । उनले यी सडक निर्माण गर्न कार्यालयले २२ करोड ८३ लाख बजेट खर्च भएको बताए । यी निर्माण भएका अधिकाँस सडकमा यातायातका साधनहरु सञ्चालनमा आई रहेका छन् । यो बाहेक कार्यालयले काठेपुल निर्माण गर्ने, सडकमा ग्याविन लगाउने कार्य पनि गरेको जनाएको छ ।
फोटो क्याप्सन खार्पुदेखि चुँवाखोला सम्मको पर्यटकी सडकको भित्तर गौडा खण्ड तस्बिर : राजन रावत, हुम्ला