तस्बिर :सुत्केरी बस्ने कोठा
जुम्ला : दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराइन ।त्यसको ११ दिनपछि तिला नदीमा उनको शव भेटिएको थियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी बिवाह गरेकी २३ वर्षीया उनले मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी परेको थियो ।दानसराको माइतीघर तिला गाउँपालिका वडा नम्बर २ लर्मी हो ।स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले केही दिनका लागी आरोपित पक्षलाई हिराशतमा राख्यो ।शव पोस्टमार्टम पटि आफन्तलाई दिइयो ।केही दिन पछि प्रहरीले कुनै ठोष प्रमाण नभेटिएको भन्दै आरोपतिलाई छोडिदियो ।
त्यस्तै जुम्लाकै तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले कुटपिट गरी २१ वर्षीया श्रीमती ममता नेपालीको हत्या गरेको घटना २०७९ फागुन २७ गते थाहा भयो । एक हप्ता पहिले नै हत्या गरी शवलाई घरमै राखेको कुरा आइतेले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएको थिए।
त्यस्तै अर्को घटना हो ,एउटै श्रीमान्बाट तीन–तीन जना महिलाहरू प्रताडित भएर दुई जना मारिएका र एक जना जलाइएर पनि बाँच्न सफल भएको हो ।घटना चन्दननाथ नगरपालिकाको हो । घटना विवरण अनुसार,चन्दननाथ नगरपालिका दशगैरागाउँका क्षेत्रबहादुर खत्रीसँग ओखलढुंगाको बलखु गाबिस हाल सुनकोसी गाउँपालिका वडा नम्बर २ की सन्जिता तामाङको विवाह भएको थियो ।
त्यो क्षेत्रबहादुरको तेस्रो विवाह थियो । क्षेत्रबहादुर र सन्जिताका एक छोरी र एक छोरा भए । छोरी करिब चार वर्ष र छोरा साढे दुई वर्षका हुँदा सन्जिताले आफ्नो ज्यान नै गुमाउनुप¥यो । स्थानीयहरूका अनुसार, मृत्युअघि सन्जिताले चन्दननाथ नगरपालिका वडा नम्बर ५ जुगाडखोला नजिकै काठको टहरामा श्रीमान्सँगै खाजा पसल सञ्चालन गर्दै आइएकी थिइन । उनलाई श्रीमान्ले रक्सी खाएर दिनहुँजसो कुटपिट गर्ने गरेको हल्ला बजारभरि फैलिने गरेको थियो ।
२०७९ असोज ११ गतेको राति श्रीमान्ले बियरको बोतलले सन्जितालाई हिर्काएपछि उनी बेहोस भएर ढलिन । श्रीमान्ले उनलाई उपचारका लागि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि प्रतिष्ठानको एकद्वार सङ्कट प्रणाली (ओसिएमसी)मार्फत आइसियुमा राखेर सन्जिताको उपचार गरियो ।जुम्ला प्रतिष्ठानलु १५ दिन उपचारमा राख्यो । त्यस पछि उनलाइ थप उपचारको लागी नेपालगञ्जमा लगियो । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत्त थिइन ।त्यहाँ २०७९ कात्तिक ११ गते ३२ वर्षीया सन्जिताको मृत्यु भयो । “सन्जिताको माइतीघर ओखलढुङ्गाको साबिक बलखु गाविस, हाल सुनकोसी गाउँपालिका वडा नम्बर २ मा हो । सन्जिताका श्रीमान्विरुद्ध माइती पक्षलाई इमेलमार्फत जाहेरी दिए पछि जुम्ला प्रहरीले पक्राउ गरेको थियो ।
बजारमा हल्ला
कुनै महिलाको ज्यान गइसके पछि श्रीमान्ले श्रीमती मा¥यो रे भनेर बजारमा हल्ला आउँछ तर माइती पक्षले न्यायको लागि लडेको खबर आउँदैन । यसको बदलामा शव पोइली पक्षले बुझे, मिलापत्र भयो भन्ने खबर सुन्नुपर्छ । सुन्नेहरू मृतकमाथि अन्याय भएको ठान्छन् । पीडित पक्षसँग यसरी खेल्न पाउने मौका माइतीले बिवाह गरेकी छोरी जलाउन नमिल्ने जुम्लाको संस्कारले दिएको छ ।जुम्लामा बिहे भएकी छोरीको मृत्यु भएमा माइती पक्षले दाहसंस्कार गर्न नमिल्ने भनी पन्छिने चलन छ । जानकारहरूका अनुसार, घरेलु हिंसाबाट भएको महिलाको मृत्युलाई पनि आत्महत्या भन्ने र आत्महत्यालाई पनि दुरुत्साहन हो कि होइन भनेर छानबिन नै नगरी जाहेरीमार्फत भवितव्य बताएर शवको पोस्टमार्टम गराई दाहसंस्कार गराउने दुष्प्रवृत्ति पनि देखिएको छ ।
सुत्केरी दिदि र बहिनीको मृत्यु अनुसन्धा गर्दै प्रहरी
जुम्लामा ११ दिनकी सुत्केरी २२ वर्षकी माया लक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको छ । सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मी र उनकी बहिनीलाई सोमबार बिहाना निसास्सिएको भन्दै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याएको थियो । प्रतिष्ठानका डाक्टर राेबिन खापुङका अनुसार सुत्केरी र उनकी बहिनीलाई उपचार गर्ने भन्दै सोमबार बिहिना ७ बजेर १५ मिनेटमा ल्याइएको थियो । उनका अनुसार सुत्केरी माया लक्ष्मीको त मुत्यु भइसेकेको थियो । बहिनी जुनमाया अचेत अवस्थामा थिइन ।उनले भने,पोष्टमाटर्म रिपोट आउन बाँकी छ ।त्यो परिपोर्ट नआए सम्म केही भन्न सकिदैन । बहिनी जुनमायाको एक दिन पछि मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
सुत्केरीका लागि सेक्न बालेको आगोको धुवाँमा ती दिदीबहिनीहरू निसास्सिएको भनिएको छ ।तर सोही कोठामा रहेका ११ दिनको बच्चा समेत साथमा थियो । त्यो बच्चाको पनी उचार भइरहको प्रतिष्ठान स्रोतले बताएको छ । प्रतिष्ठानका त्यो बच्चालाई सोमबार दिउसो तिर मात्रै उपचार गर्न थालिएको हो ।
त्यस्तै प्रहरी निरीक्षक असिम हमालका अनुसार सुत्केरी र उनकी बहिनीलाई उपचारको लागी प्रतिष्ठानमा ल्याएपछि मात्रै प्रहरीले खवर पाएको बताए ।उनका अनुसार सुत्केरीको ढोका पहिलेनै फुटाइएको थियो। प्रहरीले पछाडी गयर मुचुल्का गरेको हो ।उनले भने,‘माइती पक्षले संकास्पद मुत्यु भएको भन्दै अनुसन्धानको लागी जाहेरी दिएका छन । हामी अनुसन्धान गछौँ ।प्रत्येक अङको स्वाप संकलन गरी पोष्टमार्टम गरिएको छ ।
त्यस्तै सुत्केरीलाई उपचारको लागी प्रतिष्ठान लिने बेला बोकेर अटो सम्म ल्याएको स्थानीय महिला सम्झना बुढाले बताइन । उनले भनिन,रुदै बोकेर अटोमा लिन देखेकी हुँ । त्यो कोठाको ढोका फुटाल्ने बेला म थिइन ।जुम्ला प्रहरीका अनुसार मृतक सुत्करीका श्रीमान धर्मराज महतारा नेपाल प्रहरीका जवान हुन। उनी कर्णाली प्रदेश प्रहरी बिपद ब्यवस्थापन गुल्मा जुम्लामा कार्यरत्त थिए ।उनी सुत्केरी स्याहारको लागी भन्दै त्यो समयमा बिदामा बसेको थिए ।प्रहरीका अनुसर सुत्केरी र बहीनी दुबैको शब बुझेर सम्बन्धीत पक्षले लिइसकेको छन ।