जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले आफै उम्रेको अवैध गाँजा नष्ट गरेको छ। प्रहरी निरिक्षक असिम हमालको नेतृत्वको प्रहरी टोलीले जुम्ला बजार आस्पासका क्षेत्रमा रहेको भाँगाको बोट (गाँजा )नष्ट गरेको हो।
जुम्ला प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शनिवार समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत प्राकृतिक रुपमा आफैं उम्रेको अबैध गाँजा नष्ट गरीएको प्रहरी निरिक्षक असिम हमालले बताए । उनले भने, नेपाल प्रहरीले नगरपालिकालगायतका क्षेत्रमा ठूलो मात्रामा आँफै उम्रने गाँजा नष्ट गर्ने गरेको छ ।
अवैध रुपमा रहेको गाँजाको प्रयोग रोक्नका लागी यहाको समुदाय सचेत हुनु पर्ने बताए ।यहाका नागरिक यस्तो कुरामा चासो नदिए पनि प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ। गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि यहको सरोकारवाला संगको सहकार्यमा प्रहरी टोलीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै चन्दननाथ नगरपालिकामा ६ वडाकी कार्यबाहक वडाध्यक्ष पार्वती रावलले लागूऔषधको अबस्था पनी बढेको बताइन । उनले गाँजाका अलावा अन्य लागूऔषधको अवैध कारोबारको गर्नेलाई कडा निगरानी गर्न अनुरोध गरिन ।
त्यस्तै लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खेती गरिएको हकमा २५ बोटसम्म ३ महिना कैद वा ३ हजार जरिवाना छ । तर गाँजा खेती गरेको नभइ प्राकृतीक रुपमा आफै उम्रने गरेको छ । प्रहरीले हरेका वर्ष अवैध गाँजा नष्ट गर्ने कार्यक्रम गर्दै आएको पाइन्छ ।