प्रेम किशोर अर्याल वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा सर्वसम्मत


स्याङ्जा: स्याङ्जाको वालिङमा रहेका वैंक तथावित्तिय संस्थाहरुकाकर्मचारीको क्लववालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणस भावाट गरिमाविकास बैंक वालिङकाशाखाप्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्व सम्मत चयनभएका छन् ।
यस अघि पहिलो अधिवेशनवाट नेपालइन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुखउज्वलश्रेष्ठ अध्यक्षथिए । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारण सभा मार्फत नयाँ नेतृत्वचयन भएको क्लवका उपाध्यक्ष दीपकका फ्लेले जानकारी दिए ।
यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंककालिला गुरुङ्, कोषाध्यक्षमाप्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवकापुर्व अध्यक्ष उज्जल श्रेष्ठले जानकारी दिए । यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्यबन्नपाउने व्यवस्थागरिएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा काम गर्दै बैंक वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य रहेको क्लवका नव निर्वाचित अध्यक्ष प्रेम नारायण अर्यालले बताए । बैंक—बैंकको समन्वयनहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी कामगर्ने अध्यक्ष अर्यालले बताए ।
साधारण सभामा वालिङ नगरपालिका भित्र रहेका वैक तथावित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । वैक र सेवाग्राही दुवैको हितमा नयाँ कार्यसमितीले कामगर्ने क्लवले जनाएको छ ।

 

सम्बन्धित समाचार