मानवअधिकारका सवाल कार्यान्वयन गर्न जुम्लामा छलफल

जुम्लाः जुम्लामा मानब अधिकारका सवाल,संरक्षण र कार्यान्वयन गर्नका लागी जुम्लामा खुल्ला छलफल भएको छ । भबिश्यमा मानव अधिकार सस्कृतिकलाई एकिकृत र दिगो बनाउदै लैजाउ; लैंगिक हिंसा अन्त्येको सुनिश्चितता ,महिला तथा बालवालिकामा लगानीको एक्यबद्धता भन्ने नाराका साथ डिसेम्वर दशमा परेको अन्तराष्ट्रिय मानब अधिकार दिवसको सन्र्दभमा जुम्ला जिल्लाका मानव अधिकारको सवालका बिषयमा सरोकारवालाको भूमिकाको बिषयमा छलफल गरिएको हो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका निमिक्त कार्यालय प्रमुख धनराज शाहीले समृद्ध समाज निर्माणको पहिलो आधार शिक्षा भएकोले शिक्षा क्षेत्रलाइ गुणस्तर बनाउनका लागी सबैले प्रथमिकता राख्नु पर्ने बताए ।उनले यस सँगै स्वास्थ्य, कृषि, सिँचाई लगायतका क्षेत्रले जुम्ला प्रभावित भएको बताए । उनले भने,‘मानव अधिकार उल्लङ्घनको घटनामा सबैभन्दा बढी महिला तथा बालवालिका पीडित हुने गरेका छन । उनका अनुसार राजनीतिक हस्तक्षेपले मानव अधिकार संरक्षणमा चुनौती थपिएको छ ।

त्यस्तै उच्च अदालत सुर्खेत जुम्ला इजलासका का.मु.न्यायधिस डाक्टर नवराज थपलियाले आर्थिक अवस्था कमजोर भएका नागरिक न्याय पाउन बाट बञ्चित नहुने बताए । उनका अनुसार कानुनी बिपन्न नागरिकका लागी जिल्ला अदालतमा बैतानिक वकिलको ब्यवस्था गरेको बताए । उनले भने,पैसा नभएकै कारण न्याय नपाउने भन्ने कुरा गलत हो । का.मु.न्यायधिस थपलियाका अनुसार सभ्य समाज निमार्णको लागी सबैको सहयोग आबश्यक हुने बताए ।

त्यस्तै जिल्ला समन्य प्रमुख गौरी नन्द आचार्यले आर्थिक,सामाजिक,राजनितिक सबैमा न्याय खोज्नु पर्ने बताए ।मानव अधिकार आयोगले लैंगिक समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्न सधैं अभियन्ताको रुपमा रहेको बताए । उनका अनुसार मानव अधिकार आयोग कुनैपनि पीडित व्यक्ति,राष्ट्र र जनताको स्वतन्त्रताको लागि आवाज उठाउँदै आएको छ । उनले मानव अधिकार संरक्षणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

त्यस्तै तातोपानी गाउपालिकाका उपाध्यक्ष रेवती रावलले बालविवाह ,बहुविवाह,जस्ता सामाजिक कुप्रथा रोक्नका लागी जनप्रतिनिधिको हिसावले तयार हुने बताइन ।हिंसा न्युनिकरणका लागी महिला अधिकारका क्षेत्रमा काम गर्ने बताइन ।

त्यस्तै पेस नेपालका कार्यकारी निर्देशक किशोर कुमार न्यौपानेले कर्णालीमा अझै जातीय विभेद, छुई प्रथा, शिक्षा, स्वास्थ्य, सेवा प्रवाह लगायत विकास निर्माणका विषयमा मानव अधिकारका सवाल जोडिने भएको बताए । उनले भने अनुसार आफै र आफ्नै घरबाट मानव अधिकारको कार्यान्वयनको शुरुवात गर्नुपर्छ । राज्यका विभिन्न निकायले नियन्त्रणमा राखेर पनि मानव अधिकार उलङ्घन भईरहको छ । ग्रामीण क्षेत्रमा चेतना अभिवृद्धि गर्न जरुरी छ । उनका अनुसार पहिलेको तुलनात्मक रुपमा अहिले मानव अधिकारको अवस्था व्यवस्थित छ । आम सरोकारवालको संयुक्त पहलमा मानव अधिकार संरक्षणमा जुट्न जरुरी छ ।

त्यस्तै नागरिकको तर्फबाट बोल्दै आदिप्रसाद न्यौपानेले संवैधानिक आयोयको भूमिकालगायतका विषयमा तथ्यमा आधारित राय राखेका छन । पीडितको न्यायको लागी पत्रकारले कमल चलाउनु पर्ने बताए ।
त्यस्तै पेस नेपाल किर्डक नेपाल ,क्याड नेपालको ,सर्वोदय नेपाल ,आइएन एफ आर्थिक सहयोग र चन्दननाथ नगरपालिका , नेपाल प्रहरी ,इन्सेक पत्रकार महासंघ लगायतको साझेदारीमा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाको आयोजनामा जुम्लाको मानव अधिकारको सवालहरुमा सरोकारवालाको भुमिका बिषयक एक दिने खुल्ला छलफल कार्यक्रमा गरिएको छ ।

सम्बन्धित समाचार