बालविवाह समाजको हानिकारक अभ्यास हो : धर्म गुरु


जुम्ला ः बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित रहेका चन्दनाथ नगरपालिका भरीका मर्धगुरु हरुले यस्तो बताएका हुन । लैंगिकता हिंसा बिरुद्धको १६ दिने अभियानको चन्दनननाथ नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा र युनिसेफको आर्थिक सहयोगमा संञ्चालन भएको सामाजिक मुल्य मान्यता र लैगिक असमानता सम्बन्धीको कार्यक्रममा सहभागी भएको देविदेवताका गुरु हरुले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताका छन ।

कार्यक्रममा सहभागी रत्न प्रसाद उपाध्यायले ,बालबालिको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असर गरेको छ ।उनले भने त्यस कारण कर्तव्यभन्दा बाहिरको कुरालाई हिन्दू धर्मले स्विकार्दैन।’ उनको यो विचारमा सहमत जनाउँदै नगरपालिकाका दश वटै वडाका सहभागीहरुले विवाहभन्दा बालबालिकाको लालनपालन लगायत कुरामा जोड दिनुपर्ने बताएका छन ।

त्यस्तै, अधिबक्ता पदम बहादुर शाहीले बालवालिका सम्बनधी बनेका ऐन ,नियम र कानुनी प्रभधानका बारेमा स्पष्ट पारेका थिए । उनले उमेर नपुगी विवाह हुने गरेका घटना समाजमा अझै यथावत रहेको बताए । उनका अनुसार नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ। तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हक तोकेको छ। कानून विपरितका कार्य गर्नेलाई जेल र जरिवानाको सजाय पनि तोकिएको छ।

त्यस्तै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले बालविवाहले शारीरिक र मानसिक रुपमा पूर्ण रुपले असर पारेको बताइन । हाम्रो समाजमा बिग्रेका छोराछोरीहरुको विवाह गरिदिएमा सुध्रिन्छन् भन्ने गलत मान्यताका कारण पनि उमेर नै नपुगी विवाह गर्ने गलत परम्परा रहेको छ। यसले भविष्यमा बिकराल रुप लिने गरेको छ । यसलाइ रोकथामका लागी सबैको हातेमालो जरुरी छ । लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी धर्मका गुरु सामाजिक अभियानताहरुलाई एक दिने अन्तरकार्यक्र सम्पन्न भएको छ ।

सम्बन्धित समाचार