जुम्ला ः जिल्ला प्रशासन जुम्लाले भुकम्पमा परी ज्यान गुमाएका प्रति शोक सभा पारित गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरोकारवालाहरुको उपस्थितीमा जाजरकोट र रुकुम पश्चिमका जिल्लामा भएको धनजनको क्षति प्रति गहिरो दुख व्यक्तगर्दै सम्पूर्ण मृत्त आत्माको चिर शान्तिको कामना सहित घाईतेहरको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै शोक सभा पारित गरिएको हो ।
त्यस्तै प्रजिअ घिमिरेका अनुसार मिति २०८० कार्तिक १७ गते राती जाजरकोट जिल्लाको बारेकोट गा.पा १ रामिडांडा केन्द्रबिन्दु बनाएर भुकम्प जादा जाजरकोट र रुकुम पश्चिमका जिल्लाहरु शोकमय बनेका छन । भुकम्प पिडितहरुको राहत तथा उद्दारको लागी सबै सरकारी, गैरसरकारी तथा स्थानीय तहहरुबाट एकद्वार प्रणलीबाट सहयोग संकलन गर्ने र सम्बन्धित जिल्ला विपद ब्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको छ ।
त्यस्तै जुम्लामा भुकम्पले पुर्याएको क्षतिको विवरण सबैको सहयोग र समन्वयमा यथाशिघ्र संकलन गर्ने निर्णय समेत गरिएको छ । शोक सभामा प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्की ,नागरिक समाजका अध्यक्ष राज बहादुर शाही नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही ,उद्योग बाणिज्यसंघका अध्यक्ष पुरिचन्द देवकोटाका लगायतको सहभागीता रहेको थियो ।