तातोपानी गाउँपालिका दश लाख र सिजाले एक लाख राहत दिने


जुम्ला: जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख र सिजा गाउँपालिकाले एक लाख सहयोग गर्ने भएको छ । भुकम्प,पिडितहरुको राहत उद्दार तथा पुर्नस्थापनाका लागि जुम्लाका दुई पालिकाले सहयोग गर्ने निर्णय गरेका हुन ।
त्यस्तै नेपाल सरकारले भुकम्प पिडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनले भने,”भुकम्पले छिमेकी जिल्लाहरु पिडामा छन् । खाधन्न,ओैषधि उपचार अभाव चुलिएको छ । तत्कालनका लागि भनेर १० लाख सहयोग गर्दै छौ ।

एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकोले विपद्मा समन्वय सहकार्य गर्नु आबश्यक हुन्छ । भुकम्पमा परी ज्यान गुमाउनेहरु प्रति तातोपानीले दुःख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । त्यस्तै पिडितहरुको राहत उद्दार तथा पुर्नस्थापनाका लागि सिजागाउँपालिकाले एक दिने निणर्य गरेको उपाध्यक्ष सितली रोकायाले बताइन । गत शुक्रबार राती गएको जाजरकोटमा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युटको भुकम्पले ठुलो क्षेती पुगेको छ ।

सम्बन्धित समाचार