जुम्लामा अटो दुर्घटना २ जनाको मृत्यू, एक घाईते

फाइल फोटो

जुम्ला ः जुम्लामा अटो दुर्घना हुदा दुईजनाको मृत्यु भएको छ । नाग्मा बाट विरामी वोकेर देवारगाउ तर्फ जादै गरेको अटो दुर्घटना हुदा २ जनाको मृत्यू भएको हो । जिल्लाप्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार हिमा गाउँपालिका १ देवारगाउँका अटो चालक अन्दाजी ४५ बर्षका पदमबहादुर शाही, सो गाउँकाअन्दाजी ४२ बर्षका बलि रोकायाको नाग्माबाट देवारगाउँ जाने क्रममा बड्कीगाउँको नजिकै अटो दुर्घटना हुन ।

त्यस्तै प्रहरीका अनुसार अटोमा सवार अन्दाजी ४०,४१ बर्षको नन्द रोकाया घाईते भएका छन् । घाईतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण तर्फ पठाईएको स्थानीयले जनाएका छन् । गएरातिविरामी लिएर अटो चालक पदमबहादुर शाही नाग्माबाट हिडेका थिए । बड्कीगाउँको नाग्म गमगडि राजमार्गबाट राति दुर्घटना भएको हो ।

राती भएकाले कसैले थाहा नपाई विहानमात्रै जानकारी भएको प्रहरीले जनाएको छ । दुर्घटना जानकारी नहुदा रातभर चिसोले घाईतेलाई झन असर भएको स्थानीय बताउछन् । घटना स्थलमा प्रहरी विहानपुगेकोे थियो । घाइतेलाई उपचारको लागी प्रतिष्ठानमा ल्याएको छ ।

सम्बन्धित समाचार