शशस्त्रको प्रहरी आफ्नै व्यारेक


जुम्ला ः जुम्लामा लामो समय पछि आफ्नो स्थायी संरचनामाशशस्त्रप्रहरी वल सरेको छ । शशस्त्रप्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचनानिर्माण भएपछिएक सुरक्षाटुकुटी तातोपानीगाउँपालिका वडा नम्बर ५ मा स्थानन्तरण समेत गरिएको गणपति चेतराजजोशीले बताए ।

त्यस्तै शशस्त्र प्रहरीवल ३३ नम्बर गणले वडादशैको अवसरमा एक आफ्नै स्थायी संरचनामा सुरक्षाटुकुटी सारेको जानकारी गरेको छ । स्थायी संरचनानहुदाजुम्ला सदरमुकामका विभिन्न भाडााका घरमा शशस्त्रप्रहरी बस्न वाध्यभएको समयमा अवफराकिलो तरिकाले सेवादिन सहज हुने भएको हो ।

२०७२ सालमा जुम्लामा स्थापनाभएको शशस्त्र प्रहरी वलले तातोपानी ५ डुठ्या चौरमा २२ हजार बर्ग मिटर जग्गामा आफ्नो संरचना निर्माण गर्न सफल भएको हो ।स्थानीय सरकारको पहलमा उपलब्ध गरिएको उक्त जग्गामा शशस्त्रप्रहरीले पछिल्लो समय करकट्टी सहितरु ४ करोड ५१ लाखमाभौतिक संरचनापनिनिर्माण सम्पन्नभएको छ ।

शशस्त्रप्रहरीजुम्लाका गणपति चेतराजजोशीका अनुसारभौतिक संरचनानिर्माण सहित२१ जनाको सुरक्षा टिम खटाईएको छ । उनका सो लगानीमा गणपति निवास, क्वटार गार्ड कार्यालय, कार्यालय भवन, जवानव्यारेक सहितका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

जुम्लामा शशस्त्रप्रहरीको आफ्नै संरचनाहुदा फराकिलो तरिकाले काम सजिलो हुने भएको छ ।प्रहरीले सो अवसरमाआयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विकासमा सवै एकजुट हुनुपर्ने बताए । उनका अनुासर शुशासन र भ्रष्टचारका विरुद्धमा सवै लाग्नुपर्ने छ ।

त्यस्तै तातोपानीगाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले लाम्रामा शशस्त्रप्रहरीको ठूलो संरचना स्थापना हुनु जिल्लाको लागि ऐतिहासिककाम भएको बताए । उनले यति ठूलो संरचनानिर्माणमा समन्वय र सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शान्ति सुरक्षा अमन चयन प्रहरीको पहिलो दायित्वभएकाले यसमा शशस्त्रप्रहरीको पनि ठूलो सहयोग रहदै आएको बताउदै जुम्लामाशान्ति सुरक्षा र विपत व्यवस्थापनमा शशस्त्रप्रहरीको ठूलो सहयोग रहेको बताए ।जुम्लामा पछिल्लो समयमा शशस्त्रप्रहरीले शान्ति सुरक्षा सहित विपतव्यवस्थापनमा ठूलो सहयोग गर्दै आईहेको छ ।

सम्बन्धित समाचार