जुम्लाको घोडा दौड प्रतियोगितामा भागलिने दुई महिला


जुम्ला : २०५६ र २०५७ साल तिर जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगितामा भाग लिने पहिलो महिला हुन तातोपानी गाउपालिका ६ की राधिका रावत ।राधिका रावतका अनुसार तेतीबेला महिलाले घोडा चढ्नु हुदैन भन्ने चलन थियो । मेरो आफ्नै घोडा थियो मेरा दाइले तिमिले घोडा दौडमा भाग लिनु पर्छ भन्दा म तयार भए । तर घोडा महिलाले चढनु हुदैन भन्दै महिलाहरुले नै बिरोध गरेका थिए ।उनले भनिन,जेनतेन भाग लिए । महिलाले पनि यस्ता कार्यक्रममा भाग लिन पाउनु पर्छ भन्ने उद्देश्यका साथ घोडा दौडमा भाग लिएकी थिए ।

त्यस्तै २० ५८ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिए पछि आफुले भाग नलिएको बताइन । राधिका त्यो बेला कक्षा ५ मा पढ्दै थिइन । उनको उ्र्रम्मेर १४ ÷१५ वर्षको थियो ।राधिका अहिले ४१ वर्षकी भईसकेकी छन । उनले भनिन,‘अहिले जुम्लामा फेरी घोडा दौड सूरु भएकोछ । आफुसंग घोडा छैन त्यही भयर भाग लिन छोडेको हो । उनले भनिन,‘तेतिवेला कसलेघोडा दौड प्रतियोगिता आयाेजना गर्न काे हो आफु सानै भएकाले थाहा भएन ।

त्यस्तै केही बर्ष यतादेखि कर्णाली स्पोट्र्स क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजासिम चौरमा पुरानो जुम्ली सस्कृतिलाई जगेर्ना गर्नका लागी सूरुवात गर्दै आएको थियो । तर कुनै पनि महिलाले घोडादौडमा भाग लिएका थिएनन ।
त्यस्तै यस पटक चन्दननाथ नगरपालिका पशु अस्पताल तथा पशुसेवा कार्यालय आर्थिक सहयोग र कर्णाली कला तथा साँस्कृतिक संरक्षण मञ्चको आयोजनामा जुम्ली घोडा दौड बिदामा प्रतियोगिता गरिएकाे थियाे  ।

यस पटकाे  घाेडा दाैड प्रतियाेगितामा राधिका पछि  तातोपानी ३ की १४ वर्षकी श्रिष्टि कार्कीले दोस्रो महिला प्रतिनिधिको रुपमा भाग लिएकी छन। उनले ,घोडाको चाल र कदममा भाग लिएकी हुन । उनी चढेको घोडा फाइनल दौडप्रतियाेगिताकाे  लागी छनोटमा परेन । कार्कीलाई सांत्वना पुरुस्कार समेत प्रदान गरिएको कर्णाली कला तथा साँस्कृतिक संरक्षण मञ्चका अध्यक्ष आनन्द अधिकारीले बताए । उनले भने,२०५६ र ०६७ सालमा जुम्ला विमानस्थल हुने घोडा दौडमा तातोपानी ६की राधिका रावत हुन । यसपटक तातोपानी गाउँपालिका ३कै श्रिष्टि कार्कीले सहभागीता जनाउदा खुसि लागेको छ । उनका अनुसार कार्कीको यो सभागीताले आगामी दिनमा अरु महिला दिदिबैनीहरुले घोडा दौडमा सहभागीता जनाउन हौसला प्रदान हुने छ ।

त्यस्तै जिल्ला समन्यका प्रमुख गौरीनन्द आचार्ययका अनुसार पहिला जिल्ला पंच्यात हुदै जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने गरेको थियो । उनले भने, प्रशासनको घोडा थियो ,कृषिको पनि घोडा थियो । अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको हो ।

यसको इतिहास,ठ्याक्कै थाहा छैन । हरेक वर्ष फुलपातीका दिन जुम्लामा घोडा दौड हुने गरेको छ । दशैको हर्षबढाउन लागी घोडादौड गरिने प्रचलन रहिआएको कनका सुन्दरी तिनका खससाँस्कृतिक सम्बन्धीका जानकार तुङ नथा उपाध्यायले बताए ।

तीन जनालाई पुरस्कृत

दौडमा सहभागी तीन जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ ।
कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्चका अध्यक्ष आनन्द अधिकारीका अनुसार प्रतियोगितामा गुठिचौर गाउँपालिका १ निवासी विकास ऐडिको सेतो घोडा प्रथम, गुठिचौर गाउँपालिका सोही वडाकै मानबहादुर ऐडि द्धितीय र तृतीय गुठिचौर १ कै टिक बहोराको घोडा भएको छ ।

प्रतियोगितमा प्रथमलाई रु पाँच हजार, द्धितीयलाई तीन हजार र तृतीयलाई रु दुई हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजनकले जनाएको छ । आयोजकका अनुसार घोडा दौड प्रतियोगितामा २७ वटा घोडा सहभागिता जनाएको कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्चका सदस्य धनराज सुनारले बताए।

सम्बन्धित समाचार