ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा आउन सिंजा गाउँपालिकाको निम्तो

जुम्ला । यहीं भदौ १० देखी १२ गतेसम्म संचालन हुने ऐतिहासिक धार्मिक तिर्थ स्थल केदारनाथ महोत्सवको लागी सिंजा गाउपालिकाले निम्तो गरेको छ । जुम्लाको सिंजा गाउँपालिकाको आयोजना गरेको ऐतिहासिक धार्मिक तिर्थ स्थल केदारनाथ महोत्सवको लागी सबैलाई मंगलबार पत्रकार भेटघाट कार्यक्रम मार्फत निम्तो गरेको हो । पालिकाको वडा नं.– ४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भब्य रुपमा सफल पार्नेका लागि तयारी र प्रचारप्रसारको कामलाई तिव्रगतिमा अघि बढेको छ ।


‘सिंजा नेपाली भाषाको जन्म थलो समेत रहेकाले पालिका भित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने सिंजाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले महोत्सवलाई सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भई सकेको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यहरु लाई महोत्सवलाई थप व्यवस्थापन र सहज गर्नेका लागि जिम्मेवारी समेत तोकिएको छ ।

जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तिर्थ स्थल केदारनाथलाई पर्यटकीय हवमा विकासि गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत धार्मिक महोत्सव गर्न थालिएको हो । महोत्सव स्थलमा संघीय सरकाका पर्यटन मन्त्री किराती सहित कर्णाली प्रदेशकाका भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, संचारकर्मी र आम स्थानीयवासिको सहभागिता हुने गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए ।

उक्त महोत्सवमा विभिन्न खस वेशभूषा,जुम्ली अर्गानिक स्याउ,राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्ने समेत सकिने सिंजा गाउँपालिकाले जनाएको छ । सो महोत्सवमा अनुमानित २१ लाख खर्च हुने भएको छ । महोत्सव सकिएपछि सबै खर्च विवरणको सार्वजनिक गरिने सिंजा गाउँपालिकाले जनाएको छ ।

त्यस्तै सिंजा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । खस भाषाको जन्मथलोसमेत रहेको सिंजालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ ।

गाउँपालिका अध्यक्ष धितालले भने, “पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याइसकेका छौ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिएको छ ।

त्यस्तै सिंजाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं – ३ स्थित राइके पाखोमा सिंजा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले जानकारी दिइन्।

सम्बन्धित समाचार