सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।
मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
‘भखरै बुवाको निभान भयो । आमाले त हामीलाई पहिला नै छोडेर जानुभयो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !उनले लेखेका छन्’