सहिद कुंवरको शालिक राख्ने ठाउँ पाईएन : निर्माण भएको शालिक काठमाडौंमै थन्कियो

जुम्ला :  स्वायत्त कर्णाली राज्यको माग गर्दै कर्णाली आन्दोलनमा सहिद भएका हरिबहादुर कुँवरको शालिक राख्ने जग्गा भेटिएको छैन । कुंवरको कर्णाली आन्दोलनमा गोली लागी निधन भएको थियो । उनको निधान भएपछि जुम्लाका राजनैतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको वैठकले उनलाई गोली लागेको स्थान मुख्य बजार नजिक सालिक राख्ने निर्णय भएको थियो । तर जग्गा प्राप्ति नभएपछि कुँवरको शालिक निर्माण भएपनि स्थान नहुदा काठमाडौंमै थन्किएको हो छ ।

तेलिवेलाको निणर्य अनुसार जिल्ला प्रशासन कार्यालयको अगाडि देखी नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय भएको ठाउमा राख्ने भनिएको थियो । त्यहा अहिले ठुलो तिन वटा अफिसको लागी ठुलो सरकारी भवन बनेको छ । त्यस्तै सहिद कुँवरका दाजु राजवहादुर कुँवरका अनुसार १३ लागखको लगानीमा काठमाण्डौंमा सालिक बनेको छ, तर कोडियम नवन्दा,स्थान टुंगो नलाग्दा सालिक थन्किएको छ ।
त्यस्तै प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शिर्षदलले शुरुवाति चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश कर्णाली हो ।

जुम्ला सहित माथिल्लो कर्णाली र सुर्खेत सहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछिको ४ जनाको वलिदानीले सरकारले सातौ प्रदेश कर्णाली प्रदेशको घोषणा गर्यो । सोही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भिर घाईते भई भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।

सुर्खेतमा पनि चर्किएको आन्दोलनमा ३ जनाको निधन भएको थियो । सरकारले उहाँहरुलाई सहिद त घोषणा गरेको छ तर सहिदको बलिदानीको उद्देश्य के हो भन्ने बिषयमा ध्यान नदिएको उहाँका दाजु राजबहादुर कुँवरले बताए । उनले सहिदको बलिदानीले कोही मन्त्री भए कोही सांसद भए तर यस विषयमा चासो भएन ।

त्यस्तै प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सहिदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो बिषयमा सवै मिलेर अगाडि बढ्नुपर्ने बताउछन । उनले भवन अलपत्र भएको बिषय आफुलाई जानकारी नभएको दाबी गरे ।

त्यस्तै नागरिक समाज जुम्लाका संयोजक तथा स्वायत्त कर्णाली प्रदेशमा घाईते हुनु भएका राजबहादुर महत भन्नु हुन्छ, कर्णाली आन्दोनको मुख्य उद्देश्य जुम्ला राजधानीनै थियो । सहिदको बलिदानी पनि भयो, अहिले सम्मका जनप्रतिनिधिको कुनै चासो देखिएन, प्रदेशमा पनि, जिल्लामा पनि खासै चासो दिईएको देखिदैन् । प्रदेश आन्दोलनको महत्व प्रदेशकै नेताहरुले बुझ्नुपर्छ ।

प्रदेशको राजधानीमा सालिक निर्माण र पार्क, जिल्लामा स्थान र सालिक निर्माण गरिनुपर्ने । घाईतेहरुको सवालमा पनि सम्मान गर्न आवश्यक रहेकोछ ।

जुम्ला निवासी हरिहर न्यौपानेका अनुसार हरिबहादुरले दिएको वलिदानीको योगदान गर्दै प्रदेश सरकारलाई केही बर्ष अघि बजेट क्रमागतमा राखिएको थियो । तर के भयो थाहा नभएको र पुरा गर्न सवै लाग्नुपर्ने बताए । सरकारले हरिवहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रीपरिषदको वैठकको वैठकले सहिद घोषणा गरेको थियो ।
कुंवरको नामको निर्माणधिन पुस्तकालय पनि अलपत्र

त्यस्तै कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाईरहदा संघीयतामा वलिदानी दिने सहिदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरु विर्सन थालेका छन् । संघीय संरचाना स्थापनार्थ वलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधिन पुस्तकालयको भवन रकम अभावमा अलपत्र अवस्थामा रहेको छ ।
सहिद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा ४० लाखमा दुई किस्तामा पुस्तकालयको काम भएको छ । तर पछिल्लो समयमा रकम व्यवस्थापन नहुदा भवन निर्माण हुन नसकेको बताए  । उनका अनुसार क्रमागत बजेट पनि के भयो थाहा भएन ।

तातोपानी गाउँपालिका ७ (साविक) ताम्ति गाविस १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधिन अवस्थामा रहेको पुस्तकालय अलपत्र अवस्थामा रहेको हो । सहिद हरिबहादुरको बहुउद्देश्यीय स्मृति पुस्तकालयको लक्ष्य लिईएको उक्त अलपत्र भवन तल्लो तला वाचनालय, दोस्रो तला पुस्तकालय र तेस्रो तला कार्यालय गरी रु एक करोड ३६ लाखको डिपिआर समेत रहेको र अनुसारको बजेट अभाव भएको स्मृति प्रतिष्ठानका सचिव रोकायाले बताए ।

सहिदको सम्झनामा शुरु गरिएको पुस्तकालयको भवनको बिषयमा अहिले जनप्रतिनिधि, राजनैतिकदल कसैको चासो छैन् । कर्णाली प्रदेश सरकारले पनि यो बिषयमा ध्यान दिईएको छैन् । सहिद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुवँरका अनुसार हरिबहादुरको विषयमा परिवार र नजिकको शुभ चिन्तकले मात्रै नभई राज्यले अपनत्व दिनुपर्ने आवश्यक रहेको छ ।

सम्बन्धित समाचार