शशस्त्र प्रहरी जुम्लाको नवौ दिवस : विपदको अवस्थामा नागरिकहरुको उद्दार गर्दै आएको दाबी

जुम्ला ः शशस्त्र प्रहरी बल नेपाल न ३३ गण हेक्वा त्रिपुरा जुम्लाले नवौ स्थापना दिवस मनाएको छ । सीमा सुरक्षालाई बलियो बनाउने र व्यवस्थित बनाउने पहिलो जिम्मेवारी बहान गर्दै आएको शशस्त्रले नवौँ स्थानापना दिवस भब्यताका साथ मनाएको हो । शशस्त्र प्रहरी बल नेपाल न ३३ गण हेक्वा त्रिपुरा जुम्लाका गणपति चेतराज जोशीको अध्यक्षतामा र जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रमुख आतिथ्यतामा दिवस मनाइएको थियो ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी धिमिरेले दंगा नियन्त्रण, जघन्य अपराध नियन्त्रण,विखण्डवादी तत्वलाई नियन्त्रण गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्ने, विपदको अवस्थामा नागरिकहरुको उद्दार गर्ने लगायतको कार्य शसस्त्र प्रहरी बलले गरेको बताए । उनले भने,’संविधानमा नै शसस्त्र प्रहरी बल संघीय सरकारको मातहतमा रहेर परिचालन हुने उल्लेख गरिएको छ । प्रजिअ घिमिरेले भिन्न जिम्मेवारीमा रहेर राज्यको संवैधानिक व्यवस्था अनुसार कार्य गर्ने शशस्त्र प्रहरी जुम्लालाई वार्षिक उत्सवको अवसरमा शुभकाना दिएका छन ।


त्यस्तै एसरी चेतराज जोसीले शसस्त्र प्रहरी बलको काम सीमामा बसेर राष्ट्रको सुरक्षा गर्नु हो । राष्ट्रियताको जर्गेना गर्ने हो ।उनले भने,‘ सिमित स्रोत साधनमा पनि जुम्लाको समाजलाई सुरक्षित बनाउने दायित्व र कर्तव्य पनि हाम्रो काँधमा रहको बताए ।उनका अनुसार जुम्लामा भएको स्रोत साधन र जनशक्तिलाई व्यवस्थापन आवश्यकता अनुसार जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्ने गरी काम गरिरहेका छौं । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकायहरुसँग सहकार्य र समन्वय गरेर सीमा क्षेत्रमा प्रभावकारी रुपमा काम गरिहेका छौं । शान्ति सुरक्षा, विपत व्यवस्थापनमा शशस्त्र प्रहरीले जुम्लामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गणपति जोशीका अनुसार नेपालमा शशस्त्र प्रहरीमावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेना र नेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशीको पहलमा गठन गरिएको हो ।
जुम्ला २०७५ साल भदौ ३१ गते ३३ नम्बर शशस्त्र प्रहरीवल त्रिपुराको जुम्लामा स्थापना भएको हो । भौतिक संरचना अभावको समस्या विच तातोपानी गाउँपालिकाको ५ ऐनेरीमा २०४५ वर्गमिटर क्षेत्रफलमा जग्गा प्रदान गरि कार्यालय सर्ने तयारी भएको छ । उहाँले ऐरेनीमा भौतिक संरचना निर्माण समेत भईरहेकाले त्यसको पूर्णताका लागि सवैको सहयोग सहकार्य आवश्यक रहेको छ ।


जुम्लामा रहेको गणले कालिकोट र दैलेखको अपरकर्णाली वेस क्याम्पमा समेत संरचनाले काम गरिरहेको छ । गणले प्रांगणमा मनाएको दिवसको अवसरमा उत्कृष्ट काम गर्ने, विभिन्न प्रतियोगितामा स्थान हाशिल गर्ने शशस्त्र प्रहरीका विभिन्न दर्जाका व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । दिवशको अवसरमा संगठनको लागि काम गर्दै गर्दा दिवंगत हुने शशस्त्र प्रहरी महानिरीक्षक कृष्ण मोहन श्रेष्ठ सहित अमर सहिदहरु प्रति पुष्पगुच्चा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त समेत गरिएको थियो ।

सम्बन्धित समाचार