दुई दिन देखि बन्द नाग्मा जुम्ला सडक खुल्यो


जुम्ला ः बिहिबार बिहान देखि बन्द जुम्ला सडक खण्ड खोलिएको छ । जुम्लाको तातोपानी र चन्दननाथको सिमाना पर्ने उमगाड सडक खण्डको अवरोध हटे पछि बन्द सडक खोलिएको हो ।चन्दननाथ नगरपालिका–९, बयालकाटियाका अन्दाजी २५ वर्षीय धन गिरी ट्याक्टर चालक हुन्‌। उनी २०७७ असोज १५ गते निर्माण सामाग्री लिएर गुठीचौर गाउँपालिकाको मणिसाँघुतिर लाग्दै थिए। उनी चन्दननाथ नगरपालिका–५ का रेणु शाहीको ट्याक्टर चलाउँथे।चन्दननाथ नगरपालिका–९ वयालकाटीय गाउँका स्थानीयले बिहीबार बिहान ४ बजेदेखि नै सडक बन्द गरेका थिए ।उनीहरूले सडकमा विद्युत्का पोल र ढुंगाको पर्खाल लगाएर सडक बन्द गरेका हुन ।
त्यस्तै २०७८ जेठ ७ गते तातोपानी गाउँपालिका–५, श्रीनगरस्थित चौर भन्ने ठाउँमा तीला नदीको छालमा सडेको शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले। शवको मासु सडेर नष्ट भइसकेको थियो। छातीको केही भाग र हड्डी मात्र बाँकी थियो। शवको लम्बाइ, चौडाइ, उचाइ र छातीको भाग हेर्दा चन्दननाथ नगरपालिका–९ का २५ वर्षीय धन गिरीको शारीरिक बनावटसँग मिल्छ भनेर दाबी गरे पनि धन गिरीको उम्मर २५ वर्ष उल्लेख छ भने भेटिएको शबको उम्मेर ३८ वर्ष को थियो ।

प्रहरी कार्यालयले उमेरले तपाईंको मान्छेसँग मेल खाएन, शव अर्कैको हो भनेको पीडित परिवारको भनाईछ । पोष्टमार्टममा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डीएनए परीक्षण गर्न सुझाव दिएको, त्यसपछि विधिविधान प्रयोगशालामा डीएनए परीक्षण गरी पाउँ भनी पत्नी मीना गिरी र छोरा तिलक गिरीको रगतका पठाएको थियो त्यो परिक्षकणको रिपोटले मेल खाएन ।
आफन्तले त्यो शबको डिएनए पुर्ण परिक्षणको लागी छोरीहरु र भाइको रगत पाइएको छ । परिवार रिपोर्ट कुरेर बसेका छौँ।

अदालतले फैसाला गरिदियो । संग कुनै अर्थ नरहेको उच्च अदालतको दाबी छ । अदालतका अनुसार डिएनएको लागी आदेश भएको थिएन ।यो कुराको बारेमा अदालतलाई जानकारी छैन । अदालतले बेपत्ता तथा अपरणको मुदा थियो । त्यसैको आधारमा फैसला गरेको हो ।
वेपत्ता ट्रयाक्टर चालक धन गिरीलाई आफन्तले न्याय नपाईएका भन्दै वन्द गरिएको कर्णाली राजमार्गको उमगाड खण्ड खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार वेपत्ता व्यक्तिको घटनाको बिषयमा उच्च स्तरीय छानविन समिति गठन गर्ने, पिडित परिवारलाई राहातको पहल गर्ने र सर्वोच्व अदालतमा ४ दिन भित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने आफन्त सँग सहमति पछि वाटो खुलाईएको छ ।

आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाईएको भन्दै विहिवार विहानै देखी सड्क वन्द गरेका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की सहितका सरोकारवाला निकाय त्यहाँ पुगेर गरिएको छलफल पछि सहमति भएको थियो ।
जुम्ला चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका धन गिरी ट्याक्टर चालक चन्दननाथ नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आउनु भएको थियो ।
२०७७ असोज १५ गते चालक गिरी र सहचालक एक बालक जुम्ला बजारबाट ट्याक्टरमा सरीया सिमेण्ट लिएर गुठीचौर गाउँपालिका – १ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेको गिरीका दाई भैरे गिरीरे बताउदै आउनु भएको छ । उहाँका अनुसार अनुसार मणिसाँघुबाट फर्केर आउदा गुठीचौर गाउँपालिका – ५ लामाकार भिरबाट बेपत्ता पारिएको आफन्त बताउदै आएका छन् ।
सो घटनामा अहिले सम्म नत लाश पाईयो नत न्याय पाईयो भन्दै उनिहरुले कर्णाली राजमार्ग वन्द गरेका हुन् । भाई भैरे गिरी सहितका आफन्तले अभियूक्तलाई जिल्ला अदालत जुम्ला र सुर्खेत जुम्ला उच्च अदातलत ईजलासले सफाई दिएकोले न्याय नपाएको बताउदै आन्दोलित भएका थिए । उनिहरुले पटक पटक पत्रकार सम्मेलन गरेर न्याय नपाईएको बताउदै आएका छन् ।
गुठिचौर ४ का विमल महत सहित ४ जनाको समुहले ट्याक्टर रोकेर ०७७ असोज १५ गते राती साढे ९ बजे चढेको बताउदै उनीहरुले चालकबाट ट्याक्टरको चापी खोसेर ढुंगामुडा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ । त्यसमा सहचालक भने भागेपछि अहिले जिवित अवस्थामै छन् । तर चालक भने अहिलेसम्म बेपत्ता रहेका छन् ।घटना विवरणका आधारमा ४ जना विरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले ०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले ०८० असार ३ गते सफाई दिएको थियो ।

 

सम्बन्धित समाचार