जुम्ला ः स्वतन्त्र उम्मेदवार भएर जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट चुनाव जितेका प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही पुरानै पाटीमा नेपाली काँग्रेसमै फर्किएका छन । चुनावको बेला स्वतन्त्र भएर चुनाव जितेका शाही यतिबेला उनी आफ्नो पार्टी काँग्रेसमै फर्किएका हुन ।
उनले शनिबार पत्रकार भेटघाट मार्फत म स्वतन्त्र हुने मान्छे नै होइन। विपीको समाजवाद बुझेर पार्टीमा लागेको बताए । उनले भने, ’मेरो स्वतन्त्र हुनुपर्ने बाध्यता थियो। तेति वेला पाटीले मलाई अन्याय गरेको थियो । उनले एमाले माओवादी गठबन्धनको हुँदा कोही पनि चुनाव लड्न नचाहेको स्थितिमा म लडेको थिएँ । जनमत त्यतिबेला पनि थियो र आज पनि छ।’ भन्ने सोचर स्वतन्त्र लडेको हु ।
त्यस्तै उनले चुनावको बेला जनतासँग आफूलाई पाटीको होइन भनेर भोट नमागेको बताए । उनले आफुले भोट माग्दा पाटीले अन्याय गर्यो न्याय गर्नु भनेर भोट मागेको थिए । र त्यही अनुसार मत पाएको बादी गरे ।’मैले जनमतको अपमान गरेको छैन। बहुदलीय व्यवस्थामा विना पार्टीको व्यक्तिले नेतृत्व गर्न सक्दैन। त्यसैले पार्टी रोजेँको बताए । पत्रकार भेटघाटमा सांसद शाहीले आफूले बनाएको पार्टीमा आफ्ना साथीहरुसँगै निरन्तर काममा खटिनको लागी पुन पार्टीमा फर्किएको उनको तर्क छ। हिजो स्वतन्त्र रुपमा उपस्थित भए पनि आज जिम्मेवार पार्टीको प्रतिनिधि छु,’ उनले भने, ’अब झन् बढी जिम्मेवार भएर लाग्ने बेला आएको छ।
उनले २०५१ र ०५६ मा बिद्रोही भएर चुनाव लडेका काँग्रेसको कर्णाली प्रदेशका सभापति ललितजंग शाहीलाई लक्षित गर्दै भने, ’हिजोका बिद्रोह ओैचित्यहिन भए। मेरो पक्षमा जन्ता थिए महिले औचित्य पुष्टि गरिदिएको बताए । अबका दिनमा जुम्ली नागरिकको आधारभुत आबश्यकता पुरा गर्नका लागी सधैभरी लागी पर्ने बताए । त्यस्तै नेपाली काँग्रेसका प्रदेश सदस्य लंक बहादुर शाहीले पाटीले देबेन्द्र बहादुर शाहीलाई स्वागत गरेको बताए ।