जुम्ला ः नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेको छ । कर्णाली प्रदेशका जुम्ला बाहेक अरु जिल्लामा उडानमा नयाँ नियम लागु गरेको पाइएको छ । कर्णालीको हुम्ला ,मुगु ,डोल्पामा प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिका नयाँ नियम लागू गरेको हो । खराब मौसमका कारण जुम्लामा पनि पाँच दिनदेखि हवाई सेवा अवरुद्ध छ ।
त्यस्तै हुम्लाको सिमकोट विमानस्थल लगायतका नयाँ नियम लागु गरेका जिल्लामा बर्खाको समयमा बिहान १२ बजेसम्म मौसममा खराब हुने भन्दै यस्तो नियम गरिएको हो । हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि व्यवहारिक नभएको व्यवसायीहरु बताउँछन् । सिमकोटसहित मुगु, डोल्पा र बाजुराका लागि बिहान ६ बजेदेखि मध्याह्न साढे १२ बजेसम्मको उडान तालिका छ । तर सो समयमा मौसम सफा नभएपछि यी विमानस्थलमा चार दिनदेखि हवाई उडान हुन सकेको छैन