सरोकारवाला रोक्ने निर्णय गर्दै,किसान काँचो स्याउ टिप्दै


जुम्ला । जुम्लामा काँचो स्याउ रोक्नका लागी सरोकारवालाले निर्णय गर्न थालेको एक दर्शक बढी भयो । कायन्वयन हुन सकेको छैन । सरोकारवाले जिल्लामा बसेर पटक पटक काँचो स्याउ रोक्न निर्णय गर्ने त्यो निणर्य कागजमै सिमित हुने गरेको हो । जुम्लालाई २०६४सालमा अर्गानिक जिल्ला घोषणा गरेपछि काँचो स्याउ टिप्न रोक्नका लागी भिन्न छलफल बहस हुदै आएको पाइन्छ ।
काँचो स्याउ रोक्नको लागी जिल्लाका सरोकारवालाले जति लागी परे पनि किसानले जैहिलेनि नपाकेकै स्याउ टिप्ने गरेको देखिछ ।केही किसानले बढी मुल्य पाउने लोपमा स्याउ छिटो टिप्ने गरेको र केहीले चोरी हुने डरले पनि टिप्ने गरेको भेटिन्छ । जुम्लाका किसानले साउनको दोस्रो सातापछि केही मात्रमा स्याउ टिप्न थाल्छन ।तर कालिकोटको फोइमहादेवको स्याउ साउनको पहिलो हप्त्ता नपुग्दै सुर्खेतमा पुग्छ । जुम्लाको नाम चोरी गरेर एक सय ५० रुपैया सम्मको मुल्य पाउछ ।

जति वेला जुम्लाका किसानको स्याउ भदौको पहिलो हप्ता बजार पुग्दा ५० देखि ५५रुपैयामा बिक्र हुने गरेका कारणले पनि जुम्लाका सरोकारवालले गरेको निणर्य किसान कायान्वयन गर्ने अवस्थामा देखिदैन ।

त्यस्तै चन्दननाथ नगरपालिका एकका किसानराज बहादुर भक्रिका अनुसार किसानको आबश्यकता र सहभागीता बिना गरेको निर्णय बालुवामा पनी खन्याएको सरी हो। जुम्लाको पहिचान संग जोडिएको स्याउ परिपक्क हुन दिनका लागी यहाको स्थानीय सरकार लाग्नु पर्छ ।उनले भने,’अहिले किसानले स्याउकोबोछमै ७० रुपैया किलो पाउँछन ।

एकत हामीलाई प्रकृतिले समेत ठगेको छ । लामो समय सम्म स्याउ राखेपछि रहदैन । उनका अनुसासर पछि किसानले ५० रुपैयाका बेच्नु पर्ने बाध्यता छ ।काँचो स्याउ नटिप भनेर सरोकारवालाले गरेको निणर्य किसानका लागी फाइदा जनक देखिदैन । सरकारले बजारी करणको ब्यवयवस्था गरेको खण्डमा सबै किसानले काँचो स्याउ टिप्न रोक्ने दिखिन्छ । भक्रि भन्छन,’काँचो स्याउ टिप्नु किसानको रहर होइन बाध्यता हो । अहिले मुल्य पाउछन पछि पाउदैन । सडक राम्रो छैन ।

पाकेको स्याउ लिदा एक हप्ता बाटोमा लाग्छ अनि किसानको स्याउ पत्यक वर्ष कुइने गरेको छ । किसान भक्री का अनुसार भन्छन ,राज्यले किसानबाटै राजश्व,सिफारिसका नाममा लुट्ने गरेको गुनासो गरे । उने भने,“राज्य किसानका समस्या प्रति सधै अनुदार छ ।
बजार सुनिश्चित नगरिदिने,संकलन केन्द्र छैन् ।पछि मुल्य पाईदैन् । काँचो स्याउ लिनुपर्छ भन्ने हैन् । तर पाकेकै स्याउ लिन नदिने भए क्षतिपुर्ति कसले दिने ? कुहिएर फाल्नु परे त्यसको ग्यारेन्टी कसले लिने ? त्यसैले पोकेको स्याउ सहजै लिन पाउनु पर्छ भन्ने माग छ ।
हरेक वर्ष असारमै कुन स्याउ कहिले टिप्ने र निर्यात गर्ने निर्णय हुनुपर्ने काँचो स्याउ विक्रीपछि हुने निर्णयको अर्थ छैन् । यहाका सरोकारवालाई काँचो सिकानले स्याउ टिपेर बिक्रिबितरण गर्दा पहिचान गुम्ने चिन्ता ब्यक्त गरेका छन ।
बढी मुल्य पाउने लोपमा काँचो स्याउ टिप्छन किसान
जुम्लाको तिला गाउँपालिकाको स्याउ खानका लागि परिपक्क नहुँदा बजारमा गएको छ । काँचो स्याउलाई पूर्ण रुपमा रोकथाम नगरी तिला गाउँपालिकाको वडा नं. १ र २ ले सिफारिस दिँदा किसान र व्यापारीलाई काँचो स्याउ दिन थालेका छन ।
कृषि विकास कार्यालय र जिल्ला समन्वय समितिले यहि १६ गते जिल्लाका सरोकारवालाहरुको बैठक राखी काँचो स्याउ रोक्नका सम्बन्धी कृषि शाखाको सिफारिस अनिवार्य गरिएको थियो ।

तर सरोकारवालाको बैठकले जिल्लामा निणर्य गर्दै थियो । तिलागाउपालिकाको काँचो स्याउ किसान टिप्दै गरेको खवर समेत आएको थियो ।
त्यस्तै पुर्ण रुपमा पाकेको,परिक्क भएको,रंग,गुलियो भरिएको स्याउ कृषि प्राविधि,कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी निमित्त कार्यालय प्रमुख शेर बहादुर भण्डारीले बताए ।
बजारमा काँचो स्याउ टिप्दा पहिचान गुम्ने खतरा
जिल्ला कृषि विकास कार्यालयले भदौ दोस्रो साताअघि किसानलाई स्याउ बाहिर नपठाउन बारम्बार भन्दै आएको छ । तर यहा किसानले पछि मुल्य कम पाउने डरले काँचो स्याउ नै लुकीछिपी बजार पठाउने गरेको पाइन्छ । नपाक्दै स्याउ जिल्लाबाहिर जान थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनका अनुसार स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको जुम्ली स्याउ आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त छ । वर्षासँगै बाढीपहिरो आउन सक्ने र सडक यातायात बन्द हुने भएकाले पनि काँचो स्याउ बिक्रीका लागि पठाउनुपरेको स्याउ किसानहरुको भनाइछ । किसान हरु भन्छन पछि अरू जिल्लाको स्याउ पनि एकैपल्ट प्रमुख सहरहरूमा पुग्छ ।

अनि बाढीपहिरोले कर्णाली राजमार्ग बन्द हुन्छ ।स्याउ थन्किने र कुहिने मात्रै हुन्छ । अहिले कालीकोट, सुर्खेत, नेपालगन्ज, कोहलपुर, चितवन, बुटवललगायत सहरमा जुम्ली स्याउ गइरहेको छ । स्याउ किसानका अनुसार राज्य जुम्ली स्याउप्रति संवेनदशील हुन नसकेका कारण काँचो स्याउ बाहिर पठाउनुपरेको हो । जुम्लामा उत्पादन हुने सबै स्याउ भण्डारण गर्न सकिने गरी कोल्ड स्टोर नभएकाले पनि काँचो स्याउ पठाउनुको विकल्प नभएको उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार