कर्णाली नदीमा पौडी खेल्ने क्रममा ५ वर्षीय बालक बगेर बेपत्ता
मुगु : कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बगेर बेपत्ता भएका छन्।मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १३, रुगा गाउँ निवासी सूर्य नेपालीका ५ वर्षीय छोरा आयुष्मान नेपाली कर्णाली नदीको भुगाडे भन्ने स्थान नजिक पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परेर बगेर बेपत्ता भएका हुन्।
घटनाबारे स्थानीय राजेश लावडले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गराएपछि तत्काल प्रहरी परिचालन गरिएको छ। प्रहरी हवलदार दीपक सिंहको कमाण्डमा अस्थायी प्रहरी बिट बसपार्कबाट ४ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४५ गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलजंग शाहको नेतृत्वमा ९ जनाको टोली घटनास्थलतर्फ खटिएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय गमगढीबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमाण्डमा थप ९ जनाको प्रहरी टोली समेत परिचालन गरिएको छ।हाल सुरक्षा निकायका संयुक्त टोलीद्वारा बेपत्ता बालकको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।








