माओवादीमा पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठकबाट पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

आइतबार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएका हुन् । अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्ज र अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ ।

यस्तै, सचिव लिलामणि पोखरेललाई मधेश प्रदेशको जिम्मेवारी दिइँदा सचिव देवेन्द्र पौडेलले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । चन्द्रप्रकाश खनाललाई कोशीको जिम्मेवारी दिइएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशको इन्चार्जमा हितमान शाक्य, कर्णालीको मातृका यादव, सम्पर्कमा गिरिराजमणि पोखरेल र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी डिलाराम आचार्यले पाएका छन् । प्रवास इन्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन् ।

जनसंगठन विभाग प्रमुखमा पम्फा भुसाल, प्रचार विभागमा अग्निप्रसाद सापकोटा, बुद्धिजीविमा दिनानाथ शर्मा, विज्ञान तथा प्रविधि विभागमा गणेश साहले पाएका छन् ।

यसैगरी समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मा उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको अध्यक्ष दाहालले बताए।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

पार्टी बैठकमा प्रचण्डको सबैभन्दा बढी विरोध गर्ने प्रवास कमिटी इन्चार्ज रहेका लक्ष्मण पन्तको जिम्मेवारी खोसिएको छ ।

सम्बन्धित समाचार