जुम्ला : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कर्णाली प्राविधिक शिक्षालयको संरक्षणको लागी तिनै तहको सरकार लाग्नु पर्ने बताए । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४३ औबार्षिक उत्सवको अवसरमा उनले यस्तो बताएका हुन ।पछिल्लो समयमा शिक्षालय बजेट अभावले भौतिक संरचनाको बिकास हुन सकेको छैन । जिर्ण बन्र्दै गएका भौतिक संरचना र आर्थिक अभावका कारण थलिँदै छ ।
२०३७ सालमा मुलुककै जेठो शिक्षालयका रूपमा स्थापित भएको यो शिक्षालय अहिले तीनै तहको प्राथमिकतामा परेको छैन । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४३ औबार्षिक उत्सवमा सहभागी हुन जुम्ला पुगेका योजना मन्त्री सिंहले स्थानीय तह, प्रदेश सरकार र संघ सरकार गरी तिनै वटा सरकारले शिक्षालयको समस्या समाधानका लागी दिर्गकालिन सोच राख्न जरुरी छ । सबैका जिल्लाका बालबालिकाहरु अध्यायन गर्ने थलोका रुपमा रहेको शिक्षालयलाई क्षेत्रधिकार पर्दैन भन्दै पञ्चिने अधिकार छ्रैन । मन्त्री सिंहले भने,’ सबै कुरामा केन्द्र सरकारको दृष्टि पुग्न सकेको हुदैन । रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका सरंचना बनाउनका लागी आफ्नो तर्फबाट आबश्यक पहल गर्ने बताए ।
त्यस्तै शिक्षालय प्रमुख टेकेन्द्र बहादुर थापाले सरकारले प्रयाप्त बजेट व्यवस्थापन गर्न सकेको खण्डमा कर्णालीको प्राविधिक शिक्षाको हब बनाउन सक्ने बताए । उनले भने,’ पछिल्लो समयमा सरकारको ध्यान पुगेको छैन । न त स्थानीय बासिन्दाको चासो नै छ । ,’ उनले भने, ‘शिक्षालय प्रशासनले मात्र रोइकराइ गरेर केही हुनेवाला छैन । कर्णाली प्राविधिक शिक्षालय स्थापना भएको ४३ वर्ष पुगेको छ । प्रमुख थापाले भने, ‘कर्णालीकै प्राविधिक जनशक्ति उत्पादन गर्ने आधारशिलाको रूपमा रहेको शिक्षालय नै बजेट अभावले रन्थनिएको छ । उनले भने, ‘ यहाँ उत्पादित जनशक्तिले देशभर छरिएर सेवा दिइरहेका छन । गुणस्तरीय सेवा दिइरहेको उदाहरणसमेत धेरै छन ।
त्यस्तै शिक्षालयको बार्षिक उत्सवमा सहभागी भएको राजनितिकदल ,जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुले कर्णाली प्राविधिक शिक्षालयको जीर्ण संरचना निर्माणमा सबैले पहल गर्नु लाग्छौ भनेर बचन समेत दिएका छन । त्यहा बोल्ने सबै बक्त्ताहरुले ‘शिक्षालयको शैक्षिक र पूर्वाधार विकासमा हातेमालो गरेर बढ्ने बताएका छन ।
त्यस्तै कुनै बेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाताको प्रयोग गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय शिक्षा आर्जन गर्ने थलो मात्र थिएन, जुम्लाको शैक्षिक पर्यटन गन्तब्य पनि थियो । हरेक आन्तरिक पर्यटकको रोजाइ बन्थ्यो । तर अहिले भौतिक संरचना जिर्ण बनेपछि थला परेको छ ।