जुम्ला : कर्णालीकै दक्षजनशक्तिको आधारशिलाको रुपमा रहेको प्राविधिक शिक्षालय जुम्लाले ४३ ओैँबार्षिक उत्सव बनाएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहको प्रमुख आतिथ्यतामा शिक्षालयले आफ्नो बार्षिक उत्सव बनाएको हो ।शिक्षालयको बजेट अभावले भौतिक संरचनाको बिकास हुन सकेको छैन ।वार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति बिवरण सुनाईएको छ ।शिक्षालयले बार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने र अध्यापनमा राम्रो नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ । उनीहरुलाई लाई प्रमाणपत्र तथा मेडलले सम्मान समेत प्रदान गरिएको छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहको शिक्षालय जुम्लाको मात्रै नभइ कर्णालीको जिउदो इतिहास बोकेको संस्था रहेको बताए । उनले भने,यसको भौतीक संरचना बनाउनका लागी सरको तर्फबाट सक्दो पहल गर्ने छु । मन्त्री सिंहले शिक्षालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि साँझा पहल गर्न जरुरी छ । उनले भने,’कर्णालीका निम्न मध्यम वर्गिय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जनको सहज माध्यम शिक्षालय बनेको छ ।बजेट अभावले स्तरबृद्धि हुन नसकेका संरचना अघि बढाउन, र शिक्षामा गुणस्तर ल्याउन आफनो पनि महत्व पुर्ण भुमिका रहेछ । उनका अनुसार शिक्षामा गुणस्तर संगै विद्यार्थीमा अनुसशासन पालानामा जोड दिन आबश्यक छ ।
त्यस्तै शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयमा हाल डिप्लोमा निर्माण, सिभिल ईन्जिनियर, कृषि, फरेष्टि, फरेष्टि विशेष छात्रबृत्ति बिषय अध्ययन भईरहेको छ ।उनका अनुसार प्रि जेटिए तथा प्रि सिभिल ईन्जिनियर सहितको बिषय अध्ययन भईरहेकोमा छ ।
त्यस्तै शिक्षालयको बािर्षक उत्सवमा कर्णाली प्रदेश सभाका सांसद देवेन्द्र बहादुर शाही नेपाली सेना नन्द बक्स गणका गणपती रबिन थापा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे ,पत्रकार लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।