जुम्ला ः करार अध्यापक÷प्राध्यापक स्थायित्व संघर्ष समिति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, नेपाल बिचको सहमती भएको छ । यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक तथा प्रध्यापकहरु आन्दोलित भएका थिए ।उनहरुले स्थायी गर्नुपर्ने माग राख्दै गत जेठ १४ गतेबाट आन्दोलित बनेका थिए । साउन १ गते ७ बँुद्धे सहमती पछि मंगलबार बाट नियमित्त काममा फर्किने भएका हुन । हाल कर्णाली प्रतिष्ठानमा एक वर्ष देखि ६ वर्ष सम्म काम गरेका ६० जना करारका अध्यापक तथा प्रध्यापकहरु रहेका छन् । जो सबै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत अध्यापक तथा प्रध्याकहरु आफुहरुलाइ स्थायी गर्नुपर्ने माग राख्दै आएका थिए । लामो समयदेखि जुम्लामा कार्यरत रहेका करार अध्यापक प्रध्यापकहरुले स्थायी गर्नुपर्ने माग राख्दै पेन डाउन ,तलाबन्दी र धर्नाका कार्यक्रम गर्दै आएका थिए ।
यस्तो छ सहमती पत्र
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीका सेवाका शर्त र सुबिधा सम्बन्धि नियमावली, २०६९” को चौथो संशोधन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदद्वारा मिति २०८०÷०३÷३१ गतेका दिन पत्र संख्या न. ०७९÷०८० चलानी नम्बर ९८५ को कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको आकस्मिक बैठकले निर्णय गरेको पत्रतयार परिएको थियो ।उक्त पत्रको सकारात्मक सन्देशलाई मध्यनजर गर्दै मिति २०८०÷०४÷०२ गते का दिन यस सम्झौतामा हस्ताक्षर गरे पश्चात करार अध्यापक प्राध्यापक संघर्ष समितिले गरेको एभल म्यधल सहितको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन । उनीहरुले आन्दोलनको स्वरूप परिवर्तन गरि कुनै पनि दैनिक चिकित्सकीय तथा शैक्षिक क्रियाकलापमा असर नपर्ने गरि हाम्रा माग पुरा नभए सम्म खबरदारी कार्यक्रम भने जारी राख्ने छौं ।
कार्यकारी परिषदको बैठक पुर्व भएको गहन छलफल एवम् पदाधिकारीको तहबाट आएको प्रतिबद्धता अनुरुप नियमावली संशोधनलाई कम्तिमा ३ हप्ता लाग्ने भनिएको सन्दर्भमा हदै सम्मको लचकता अपनाई मिति २०८०÷०४÷२७गते सम्ममा सम्पन्न गरेर नियमावली संशोधन टोलीद्वारा संशोधित नियमावलीको नवौं (आगामी) सभामा उच्च प्राथमिकता सहित अनुमोदनको लागि पेश गर्ने करार अध्यापक ÷प्राध्यापक स्थायित्व संघर्ष समितिले प्राप्त गर्नेछ भन्ने हाम्रो दृढ विश्वास रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीका सेवाका शर्त र सुबिधा सम्बन्धि नियमावली २०६९” को संशोधित नियमावली उच्च प्राथमिकता सहित नवौं (आगामी) सभामा जुन सुकै मितिमा भएता पनि त्यस अगाडी नै नियमावली संशोधन टोलीद्वारा संशोधन गरि पेश गर्ने छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
संशोधित नियमावली नवौं (आगामी) सभामा उच्च प्राथमिकतामा पर्ने सुनिस्चितताको लागि एउटा बिशेष कार्यदल गठन गरिनेछ । कम्तिमा ९ सदस्यीय उक्त कार्यदलमा कार्यकारी परिषद एवम् करार अध्यापक प्राध्यापक स्थायित्व संघर्ष समिति सहितको प्रतिनिधित्व हुनुपर्ने छ।. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीका सेवाका शर्त र सुबिधा सम्बन्धि नियमावली २०६९” को चौथो संशोधनको लागि छनौट हुने टोलीको हकमा करार अध्यापक ÷ प्राध्यापक स्थायित्व संघर्ष समिति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, नेपाल । पदाधिकारीको तहबाट आएको प्रतिबद्धता अनुरूप करार अध्यापक प्राध्यापक संघर्ष समितिबाट कम्तिमा एक जना टोलीमा अनिवार्य रूपमा रहनु पर्ने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान को नवौं सभा यथाशिघ्र हुनेछ भन्ने विश्वास प्रकट गर्दछौं। त्यसै गरि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हुन लागेको नवौं सभामा करार अध्यापक प्राध्यापक संघर्ष समितिबाट प्रतिनिधिको उपस्थिति सुनिस्चित गरिनु पर्ने छ ।
नियमावली संशोधन गर्ने, संशोधित नियमावलीको खाका सभामा प्रस्तुत गर्ने तथा सभा बाट सफलता पुर्वक पारित गराउन संघर्ष समिति हरसम्भव प्रतिबद्ध रहने छ ।तर, माथि उल्लेखित बुँदाहरुमा पदाधिकारीको तहबाट अविश्वास र असहयोगको वातावरण शृजना भई समयमै यथोचित सम्बोधन नभएको खण्डमा पुनः सशक्त ढंगले आन्दोलनका कार्यक्रम अगाडी बढाउन संघर्ष समिति बाध्य हुने छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वार्ता टोली, डा. डबल बहादुर धामी, संयोजक शिक्षाध्क्ष्य प्रा. डा. मुनिराज छेत्री, सदस्य,डा. पुजन कुमार रोकाया, सदस्य प्रा. डा. विजय अर्याल, सदस्य ,करार अध्यापक प्राध्यापक स्थायित्व संघर्ष समिति वार्ता टोलीः प्रा. डा. शेषानन्द संजेल, वार्ता टोली संयोजक , डा. राम जिबन प्रसाद, सदस्य, संघर्ष समिति संयोजक ,डा. कुशल भट्टराई, सदस्य , डा. अपूर्व आचार्य, सदस्य ,डा. कविराज पौडेल, सदस्य ,श्री. रबिन्द्र रोकाया, सदस्य ,श्री. मोनिका लामा, सदस्य,श्री. सुष्मा काफ्ले, सदस्य रोहोवरमा बसी सहमती भएको छ ।