जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिकाकाे बजेट जुम्ला बजारमा रहेकाे हाेटल पाैवामा बाँडफाँड भएकाे पाइएकाे छ । पालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा लगायतका केही जनप्रतिनिधिको मिलोमतोमा होटल पौवामा बजेट बाँडफाड भएकाे बताइन् ।
उनले भनिन,’गएको असार दश गते नितिकार्यक्रम सहितको डल्लो बजेट ल्याइएको थियो । त्यसपछि बजेट पारित गर्ने बिषयमा गाउँ कार्यपालिकाको बैठक राख्नुहोस भनेको थिए । तर उहाले बिस्तारै गरुला भन्दै टारे ।’
२५ गते कोलोजिङ सकिएपछि असार २६ गते मैले बजेटकाे आय ब्यय पालिकाका निमित्त प्रमुख प्रसाशासकिय अधिकृत गुम रोकायालई मागेको थिए । मेरो माग सुनाइ भएन । त्यस पछि २९गते कार्यपालिकाको बैठक बसेको थियो । उक्त बैठकमा पनि मैले बजेटका बारेमा चासाे राखे तर सुनाइ भएन ।
त्यहा मैले पालिकाले अहिले सम्म गरेको सबै शाखाको खर्च पुरानो आल्या बजेट कति छ भनेर माग गरेको थिए ।
त्यो बैठकमा अध्यक्ष दानबहादुर बुढाले मलाई धम्की पुर्ण भाषा बोलेर प्रशासन जानुहोस ,प्रहरी संग पनी जानुहोस ,पत्रकार सम्मेलनमा गर्ने भएनि गनुहोस म बजेटको खर्च पनि तपाइलाई देखाउदिन भनेका थिए । उनले भनिन,’यस पटक मात्रै नभई यस अघि पनि मेरो अनुगमन बिना धेरै आयोजनाको भुक्तानी दिइएको छ ।’
धेरै मात्रामा होटल र गाडीमा हालेको तेलको बिल पालिकामा आएका थिए । तर त्यो दिन बटेज हेर्न दिइएन । असार २९ गते राती होटल पैवामा आएर बजेट बाँडफाड गरेको कुरा जानकारी पाएको थिए । अध्यक्ष दान बहादुर बुढालाई बुझ्न खोज्दा उल्टै म सरकार प्रमुख हु भन्दै धम्काएका थिए । त्यस पछि ३१ गते दिउसे बजेट पास गर्ने भन्दै कार्यपालिका बैठक राखिएको थियो । मैले बजेटको सिलिङ माग्दा उल्टै जझाभावी बोल्दा यस्तो अबस्था आएको हो । अध्यक्ष अपशब्द बोलेर गाली गरे पछि म आक्रोसमा आएर हात उठाएकी हु ।
आफु अध्यक्ष भएको शंकर माविमा मात्रै ४७ लाख को बजेट हाले
शंखर मावि गज्याङकोटमा ४७ लाख बजेट हालिएको छ । गुठीचौर गाउपालिकाका अध्यक्ष बुढा आफै त्यो स्कुलको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष छन् । उक्त स्कुलमा २४ लाख बजेट पालिकाको राताे किताबमा थियो । त्यस पछि एक पटक १४ लाख अर्को पटक ४ लाख ,फेरी ५ लाख गरी ४७ लाख घेराबार तथा ब्यवस्थापन खर्च भन्दै अाफू बाहिर भएको समयमा कर्यापालकिा बैठक बसालेर दिइएकोे गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले बताइन् ।
त्यस्तै उपाध्यक्ष भण्डारीले अध्यक्षले यस अघि बिपदको भुत्तानीको लागी रक्सी खायर राती ११ बजेको समयमा आयर तलाई कुटपिट गराैं की चेकमा हस्ताक्षर गर्छस भने पछि चेकमा हस्ताक्षर गरेकि थिए । पालिकामा भएको आयोजनाको काम पारदर्शि गर्न खोज्दा अध्यक्षले पटक पटक अभद्र ब्यवाहार गरेको बताईन । अध्यक्षले बजेट लगायत आफ्नो क्षेत्र अधिकार मिच्ने काम गरेकोे उपाध्यक्ष मल्लको आरोप छ । ३१ गते राती ११ बजे अध्यक्ष दान बहादुरले पछि गाउँपालिकाको बजेट पारित गरियो भन्ने हल्लछ तर आफुलाई कुनै जानकारी नभएकाे मल्लले बताइन ।
यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन । उपाध्यक्ष मल्लले आफूले हातपात गरेको स्वीकार गरेकी छिन ।आफू अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको उनको भनाइ छ। उनले अध्यक्ष बुढालेआफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू पीडित भएको बताइन ।
त्यस्तै यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसिले अध्यक्ष दान बहादुर बुढाले आफु माथी दुब्यवहार भएको भन्दै उजुरी गरेका छन । उनका अनुसार अध्यक्षमाथी दुब्यवहार भएनभएको बारेमा अनुशनधान गरिने बताए ।