बिद्यार्थीले पाउने पाठ्यपुस्तकको रकममा अनियमितता गरेको आसंका

जुम्ला  : जुम्लाको दुर्गामाबिमा पाठ्यपुस्तकको रकममा अनियमितता भएको आसंका गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका ५मा रहेको दुर्गा माध्यामिक विद्यालय र गाउँपालिकाको शिक्षा शाखाको मिलोमतोमा बिद्यार्थीले पाउनु पर्ने पाठ्यपुस्तकको रकममा नपाएपछि अनियमितता भएको आसंका गरिएको हो ।

विद्यार्थीले पाठ्यपुस्तकको रकममा पादर्शिता नगरेको भन्दै आन्दोलित भएका छन । नेपाल सरकारले कक्षा एक देखि १२ सम्मका बिद्यार्थीका हातहातमा निशुल्क किताब पुर्याउनका लागी बजेटको ब्यवस्था गर्दै आएको छ । तर जुम्लाका सरकारी बिद्यालयले बिभिन्न बहानमा बेलाबखतमा बिद्यार्थीबाट रकम असुल्दै आएको पाइन्छ ।अझैपनि कतिपय बिद्यालयले परीक्षा शुल्क पनि लिनेगरेका छन । बिद्यार्थीबाट रकम लिनेकुरामा यहाका सरोकारवाला मौन बसेका छन । तर यसपटक दुर्गामावि लाम्रामा अध्यायनरत्त बिद्यार्थीलाई पाठ्यक्रमको रकम आधा दिन खोजेपछि बिद्यार्थी आन्दोलित हुदा बिवाद बाहिरीएको छ । सरकारले निशुल्क उपलब्ध गराउदै आएको पाठ्यपुस्तकको रकम नपाएपछि दुर्गा मावि लाम्राका कक्षा ६ देखि १० सम्मका बिद्यार्थी आन्दोलित भएका हुन ।

दुर्गा माविका विद्यार्थी शुशिल नेपाली र शक्ति कामीले सरकारले निशुल्क दिने पाठ्यपुस्तकमा बिद्यालय र पालिकाको मिलोमतोमा हामीलाई ठगी गरेको बताए ।उनीहरुका अनुसार हामीले आफुले किनेको पाठ्यपुस्तकको विल अनुसारको रकम माग गरेका थियौँ । तर बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले र लेखापाल मिनराज डाँगीले पािलकाले ७२ प्रतिशतका दरले गाउँपालिकाबाट रकम पाएको बताएका थिए । कक्षा दशमा अध्यायनरत्त शुशिल नेपाली भन्छन,’पालिकाकाका शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीले ७५ प्रतिशत पठाएको बताए । तर दुर्गामाविका प्रधानाध्यापक शाहीले ७२ प्रतशत पाठ्यपुस्तकको रकम पठाएको भनिएको थियो ।

दुर्गा मा.वि लाम्राका कक्षा १० मा अध्ययनरत विद्यार्थी शुशिल नेपाली २०७९मा कक्षा नौ पढ्दै थिए । उनका अनुसार तेतीवेला उनले कक्षा नौ पढ्दै गर्दा किताब किनेको ५ सय रुपैयाको बिल पेस गर्दा उनलाइ २सय १५ रुपैया दिन खोजिएको थियो । विल अनुसार पाँचसय पाउनु पर्नेमा २१५ रुपैयामा मात्र दिने भनेपछि ईन्कार गरी बिद्यार्थी आन्दोलित बनेका थिए । कक्षा ६ देखि १२ कक्षा सम्मका बिद्यार्थीले किताब किनेको पैसा नपाएका हुन । शक्ति कामीले भने,’हामी विद्यार्थीहरु गाउँपालिकामा समेत गएपनि समस्या सामाधान नभएको बताए । उनका अनुसार सो विषयमा दिनभर विद्यालयमा आन्दोलन गरेपनि सुनुवाई भएको छैन् ।

यता विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले गाउँपालिकाबाट ७५ प्रतिशत रकम आएको तर हामीले सोध्दा ७२ प्रतिशत्त आएको पालिकाले बताएपछि त्यहि अनुसार भपाई बनाएको बताए । उनले भने, हामीले रकम कति आएको छ , भनेर हेरेनौ लेखापालले ७२ प्रतिशत रकमको भरपाइ बनाउनु भएको थियो । उनले भने,’ पालिका पछि बुझ्दा पालिकाबाट रकम ७५ प्रतिशत आएको रहिछ । प्रधानाध्यापक शाहीले भने,’बिद्यार्थीले सबै रकम पाउनु पर्छ । उनीहरुको माग जाहेज छ । तर पालिकाले बिद्याथी भन्दा कम रकम पठाएको बताए । उनका अनुसार आर्थिक बर्ष २०७९।८० को ६ देखी १२ कक्षाको ३ सय ८६ जना विद्यार्थी रहेका छन् । मंशिरमा गरेको अनुगमनमा परीक्षाको समयमा गाउँपालिकामा टाउको गनेको थियो, कोही विद्यार्थी वाहिर थिए त्यही भएर कम पठाईएको होला ।
कमजोरी लुकाउन एक आपसमा दोषारोपण
तातोपानी गाउपालिका भरीमा २९ वटा बिद्यालयका रहेका छन । प्ररावि तहमा २६ सय र माध्यामिक तहमा २२ सय बिद्याार्थी संख्या रहेको तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीले बताए । उनले भने, ’कर्याक्रम निर्देशिका अनुसार पाठ्यक्रमको रकम ७५ प्रतिशत बिद्यालयको खातामा हाल्ने भन्ने छ । त्यही अनुसार हालीएको छ । उनले भने,” बिद्यार्थीले पाठ्यक्रमको रकम पुरा पाउनु पर्छ ।यो बिद्यालयको कमजोरी हो ।

२५ प्रतिशत रकम पुराना पाठ्यक्रमलाई रिकभर गर्नका लागी भनिएको हुन्छ । उनले भने,’यो दुर्गा मावि लाम्राको मात्र नभई सबै पालिकालिकाले पाठ्यक्रमको रकम ७५ प्रतिशत मात्रै पाठाउने गरेको बताए । शिक्षा शाखाको मात्रै नभइ बिद्यालयको कमजोरी रहेको बताए । पाठ्यक्रमको रकम पठाइएको बारेमा विद्यालय र गाउँपालिकाको तथ्यांक मिलेको छैन् । विद्यालयले उपलब्ध गराउने छात्रबृत्तिको तथ्यांकमा ७२ प्रतिशत निकासा गरेको प्रमाण सार्वजनिक भएको छ । तर गाउँपालिकाले ७५ प्रतिशत रकम पठाएको जानकारी गरेको छ । बिद्यालयको बिद्यार्थी संख्या र पालिकाले शिक्षा शाखामा रहको तथ्याङक पनि मिलेको देखिदैन ।कमजोरी लुकाउन शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाही र बिद्यालयका प्रअ प्रेम बहादुर शाही बिच दोषारोपण चलेको छ ।

त्यस्तै शिक्षा समन्वय इकाइ जुम्लाका प्रमख मकर बहादुर भण्डारीले बिद्याथीले सबै किताब निशुल्क पाउनु पर्छ । सरकारले नै त्यो ब्यवस्था गरेको छ । बिद्यार्थीको हातहातमा किताब पुर्याउने काम सम्बन्धी बिद्यालयको पनि हो ।उनका अनुसार सरकारी बिद्यालयले कुनै पनि बहानमा बिद्यार्थीबाट रकम उठाउन मिल्दैन । त्यो गैर कानुनी हो । सरकारले कक्षा एक देखि १२ सम्मको निशुल्क शिक्षाको ब्यवस्था गरेको छ ।
दलित छात्रबृति पाउन बाट समेत बञ्चित
पाठ्यपुस्तकको रकम नपाएको भन्दै विद्यार्थीले आवाज उठाईरहेको समयमा त्यहाका बिद्यार्थीले पाउने छात्रावृतिको रकम पनि पाएका छ्ैनन। यस अघि सरकारले उपलब्ध गराउदै आएको छात्रा र दलित विद्यार्थीको छात्रवृत्ति रकम पनि नपाएको बताएको छ । विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्तिबापत आउने रकम नपाएको बताएका छन ।सोही विद्यालयका प्रधानाध्यापक शाहीले पािलकाले सबै बिद्यालयले नदिएको बताए । शुसिल नेपालली भन्छन कक्षा नौ र दश भन्दा तलका दलित विद्यार्थीलाई छात्रवृत्ति रकम दिन्छ भन्ने हामीलाई थाहा छ  तर अहिले सम्म हामीले पाएका छैनौ । त्यस्तै शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीले छात्रवृत्तिका बिद्यालयलले नै पिएमटि फाराम नभरेको बताए । उनका अनुसार रहेक बिद्यालयले छात्रवृत्तिका लागि पिएमटि फाराम अनिवार्य भनु पर्छ । यस कारण त्यहाका बिद्यार्थीले छात्रवृत्ति रकम नपाएका हुन ।

बिद्यार्थी संख्या र पाठ्यपुस्तकको बिल बोकेर पत्रकार खोज्दै बिद्यार्थी

दुर्गामाविमा कक्षा नौ मा जम्मा विद्यार्थी ५९ जना छन । तर पाठ्यक्रमको रकम तातोपानी गाउँपालिकाले ४९ जनाको पठाएको र बाँकी दश जना बिद्यार्थीलाई पठाएको देखिदैन । त्यसमा बिद्यार्थीले ५ वटा किताबको मुल्य पाउनु पर्ने हो । पालिकाले ७२ प्रतिशत मात्रै दिइएको भनिएको छ । त्यस्तै कक्षा दशमा कक्षा विधार्थी संख्या ४८ जना रहेको छ । तर पाठ्यक्रमको रकम २९ जनाको लागी हालेको बिद्यालयले बताएको छ । बाँकी १९ जनालाई पठाइएको छैन । त्यहा ४८ जनाले पाउनु पर्ने रकम १७,२ ८० हो । तर यहा १०,३५५मात्रै दिनखोजिएको बिद्यार्थीहरुले बताएका छन ।
त्यस्तै कक्षा आठमा जम्म बिद्यार्थी संख्या ५८ जना रहेका छन । तर पालिकाले ४८ जनाको पाठ्यक्रमको रकम पठाएको भनिएको बिद्यार्थी शक्ति कामीले बताए ।त्यस्तै कक्षा सातमा जम्मा बिद्यार्थी ४५ जनाको संख्या छ । तातोपानी गाउपालिकाले ५४ जनाको रकम पठाएको छ । यसमा बिद्यालयमा भर्न भएका भन्दा नौ जना बिद्यार्थी संख्या थपिएको छ । त्यस्तै कक्षा ६मा ४४ जना बिद्यार्थी संख्या छ । तर गाउँपालिका बाट ३५ जनाको लागी पाठ्यक्रमको रकम हालिएको छ । बाँकी नौ बिद्यार्थी संख्या घटाइएको छ ।

 

सम्बन्धित समाचार