जुम्ला । जुम्लाका पूर्वसांसद तथा माओवादी केन्द्रका नेता गजेन्द्र महतले राप्रपावाट उम्मेदवार बनेका विवादीत छविका ज्ञानबहादुर शाही( ज्ञानेन्द्र)लाई फन्टुस र राजनीति संस्कार नभएको बताएका छन् ।
आफ्नो जिल्लाको समस्या , त्यहाँका नागरिकका वास्तविक पिडालाई संसदमा जस्ताको त्यस्तै राखेर संसदमा सधै प्रतिपक्षको भूमिकामा रहेका नेता महतले शाहीले अहिले आएर जनता माझ भ्रम छर्ने काम गरेको बताए । महत संसदमा आफ्नो क्षेत्रका समस्या , पिडा राख्ने नेताका रुपमा यो पाँच बर्षमा चर्चामा रहेका नेता हुन् ।
जुम्लामा भएको राप्रपाको चुनावीसभामा ज्ञानेन्द्र शाहीले अहिलेसम्म जुम्लाबाट गएका सासंसदले यहाँको कुरा उठाउन नसकेको आरोप लगाए पछि पूर्व सांसद महतले शाही निकै फन्टुस र हरेक तथ्यलाई चलाखिपूर्ण तरिकाले डाइर्भट गरि समाजलाई नचाहिँदो तरिकाले गलत संस्कार तिर धकेल्न प्रयत्न गरि रहेको बताए ।
संसदमा निकै मेहनतका साथ राजनैतिक मर्यादा र समाजको वास्तविकताका आधारमा कुरा उठान गरे । देशभरका जनताले मलाई हेरेका छन् । मैले सार्वजनिक रुपमा अव सांसदलड्दिन भने किनकी चाकडी गरेर योजना, विकास र वजेट लिदिन भनेको महतले बताए ।
उनले भने , विकासको बजेट सामाजिक न्याए र प्रथामिकताको आधारमा दिनु पर्छ भन्ने मेरो माग हो । मैले ससदमा बोलेका कुरा एउटा कमेडियन जस्तो देखिने पात्रले देखेन, उसले दिउसै जुम्ली जनता र देशवासीलाई रात परेको भनि ठग्ने आँट गर्यो त्यसैले उ देख्दै अर्ध पागल जस्तो छ उनले भनेका छन् । आफ्नो पढ्न नसकेर भागेको इतिहास भएका ज्ञानेन्द्रले अरु नेताको योग्यतामा प्रश्न गर्नु हाँस्यास्पद छ ।
महत जुम्लाका जनतामाझ भिजेका नेतामा पर्छन् । उनी जुम्लामा मात्र होइन आफ्नो कुरा प्रष्टरुपमा राख्ने नेताको रुपमा देशभरी चर्चित छन् । चाहे देशभरी लोडसेडिङ हटाएर चर्चामा आएका कुलमाान घिसिङलाई संसदमा नै प्रश्न गरेका थिए हामी जुम्लीले विजुली बाल्न नपाउने हो ? तपाईले विजुली भारतमा बेच्ने हामीले अहिले पनि टुक्कि बालेर बस्नु पर्ने ?
उनी यो पटक चुनाव लडेनन् किनकी यो चाकडी गरेर हुने सांसद पद भन्दा आफ्नो लागि स्वाभिमान प्यारो भएको बताएका थिए । म मेरो पार्टीमा भोट हाल्छु तर स्वयं आत्मनिर्भर हुने व्यावसाय गर्छु भनि व्याक्तिगत काम सुरु गरेका महत जुम्लाका मेहनती र आत्मनिर्भर व्याक्तिको रुपमा चिनिन्छन् ।
उनै गजेन्द्रलाई लक्षित गरि ज्ञानेन्द्र शाहीले म सांसद भए देशको नेतृत्व गर्छु अहिलेका नेताहरुले भ्रष्टचारमात्र गरे भनि यूवालाई भ्रम छर्न थालेका छन ।
महतले ज्ञानेन्द्र कुनैपनि कुरा स्थिर र परिपक्क नभएको र जुम्लामा कुनै पनि योजना ल्याउन नसकेको आरोप लगाउने अर्कोतिर अर्वौ भ्रष्टचार भएको दुष्प्रचार गर्ने कति गैर जिम्मेवार र केटाकेटीपन रहेको बताए । उनले भने , उ प्रधानमन्त्री हुन्छु भन्छ अलि मिल्दो कुरा गरेको भए भैहाल्थ्यो यत्रो नाटक र झुट किन बोलेको होला ? वास्तवमा ज्ञानेन्द्र शाहीलाई संसदिय अभ्यासमा रहेको नेपालमा कसरी प्रधानमन्त्री बन्छ भन्ने कुराको जानकारी छैन । उसलाई लाग्दो हो पंचायतमा राजाले टिका लगाए जसरी प्रधानमन्त्री वन्न पाइन्थ्यो त्यसै गरि अहिले प्रधानमन्त्री बन्छ भनेर । किनकी उ अहिले राजावादी पार्टीको मान्छे हो । तर उसलाई यो कुरा थाँहा छैनकी प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनु पदर्छ र संविधानका सिमित धारामा टेकेर बन्नु पर्छ भनेर पनि थाहाँ छैन । साधारण कुरा के भने पार्टीको प्रवक्क्ताले कति र कसरी वोल्ने भन्ने जानकारी नभएको एक मुर्खले स्वयं उसको पार्टीलाई पनि क्षति पुर्याएको होला ।
अहिलेको यूगमा उसका कुरा संसारले हेर्ने हो । अध्यक्ष लिंदेन र रविन्द्र मिश्रले बोल्न आँट नगरेको कुरा बल्दै जनता झुक्याउने काम शाहीले गरेको महतले बताए ।
त्यो भन्दा गठवन्धनका उम्वेदार इमान्दार रहेको छन्, आफ्नो मतको सदुपयोग गर्न आग्रह गरेको छन् ।
जुम्लाका आर्दश मानिएका गजेन्द्रको प्रहारले गठवन्धनमा निकै उत्साह थपिएको छ । शान्त रहेका गाँउहरु गजेन्द्रको आव्हानमा एकाएक रौनकता छायको र अव गोमा गौतम कुँबर र गठवन्धनको जित सुनिश्चित भएको स्थानिय हरिदत्त न्यौपानेले बताए ।