निर्वाचन सुरक्षाका लागी जुम्लामा एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन

जुम्ला ः यहि मंसिर ४ गते हुने निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताहरुलाई मतदान गर्न सहज बनाउनका सुरक्षाकर्मीहरु खटिएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हाजार नौ सय ५४ जना सुरक्षाकर्मीहरु खटिएका छन ।जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी र दुइ अस्थायी गरी एक सय ८ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाका साहयक  प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन । उनका अनुसार एक अस्थायी मतदान केन्द्र कर्मचारी र एक कारागारका कैदी बन्दीका लागी राखिएको हो ।
कर्मचारी र कारागारमा रहेका कैदी बन्दीले सामानुपातीक तर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकार्यले पार्टीका कार्यकर्ताहरुको झडप, अपराधिक समुहको गतिविधि, अवैध हातहतियारलाई चूनौतिका रुपमा लिएको छ।
निर्वाचनका लागी जिल्लामा एक हजार नौ सय ५४ हजार सुरक्षाकर्मी परीचालन भएका छन । जसमा ८ सय ४३ म्यादी प्रहरी , चार सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना , र दुइ सय ३५ शसस्त्रप्रहरी मतदान स्थलहरुबाट खटिएका छन ।

निर्वाचनको तयारी अन्तीम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरु गइसकेका छन ।नजिकै रहेका मतदान स्थलहरुको लागी जानेक्रम जारी रहेको छ ।
त्यस्तै जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार सवै मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु बिहेबार पुग्ने बताए । त्यस्तै निर्वाचनको लागी ८ सय३९ कर्मचारीहरु खटाइएको छ ।

सम्बन्धित समाचार