जुम्ला ः जुम्लामा मतदान केन्द्र तर्फ जादै गरेको जिप दुर्घना भएको छ । निर्वाचन सामाग्री सहित मतदान केन्द्र तर्फ जादै गरेको भे १ च २१८८ नम्बवरको जिप दुर्घना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र तर्फ जादै गरेको उक्त जिप दुर्घना भएको हो ।गाडि दुर्घटना परि घाईते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर ल्याईदै गरिएको छ । उनका अनुसार तिनजना प्रहरी एक मतदान अधिकृत , एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन ।
दुर्घटनाको प्रारम्भिक जानकारी अनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी ।सहायक मतदान अधिकृत आदी प्रसाद न्यौपाने हरिप्रसाद देवकोटा सहित ६जना घाइते भएका छन । प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुइ जना सहकुशल रहेको र ६ जना घाइते भएका हुन ।घाइतेलाई कर्णाली स्वाथ्यबिज्ञान प्रतिष्ठानमा ल्याएको छ ।