जुम्ला ः जुम्लामा मतदान केन्द्र तर्फ जादै गरेको जिप दुर्घना भएको छ । निर्वाचन सामाग्री सहित मतदान केन्द्र तर्फ जादै गरेको भे १ च २१८८ नम्बवरको जिप दुर्घना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ती तर्फ जाँदै गरेकाे जिप दुर्घना हुदा आठ जना घाईते भएका छन । घाईते हुनेमा अंगराज गिरी , आदि प्रसाद न्याैपाने , सुरज चन्द , राजेन्द्र बिष्ट , हरिप्रसाद देवकाेटा , आशा चाैलागई , सिताराम दराई , सुरेश कार्की हुन । उनिहरु सबैकाे प्रतिष्ठानमा उपचार हुदैछ । प्रतिष्ठानका बरिष्ठ प्रशासकिय अधिकृत द्वन्द बहादुर शाहीका अनुसार अंगराज गिरी , आदि प्रसाद न्याैपाने , सुरज चन्दकाे अबस्था गम्भीर रहेकाे छ ।