करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते

जुम्ला ः जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो । मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन । सोही वाडाका २३ वर्षका शंखु चौलागाई घाइते भएका छन ।
सडक उज्यालो सौर्य विज२३ शंखु चौलागाई ुलीको पोल गाड्ने क्रममा विजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । उनले भने,”यस्तो कार्य गर्न क्रममा प्राधिकरणलाई खबर गर्नु पर्ने हो । लाइन सटडाउन गर्नु पथ्र्याे । खबर नगरी काम गर्दा करेन्ट लागेछ ।

त्यस्तै घाइते चौलागाइको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ , प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ ।त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य उर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनले भने मृतकका परिवार क्षतिपूर्ति र राहत प्रदान गर्नका लागि पालिकाले सोच बनाएको छ । योजना कार्यन्वयन गर्ने क्रममा एक जना मजदुरको मृत्यु भयो । यस विषयमा कार्यपालिकामा छलफल गरी राहतका लागि निर्णय गर्ने छौँ ।

 

सम्बन्धित समाचार