मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी छन् । प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा छन् । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीजस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्रायः चुनावी एजेन्डा बनाएका छन् ।
जिल्लामा निर्वाचन आचारसंहिताका बारेमा आफूहरुले सूक्ष्म ढङ्गले अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । “अहिलेसम्म आचारसंहिता उल्लङ्घनका घटना खासै जिल्लामा भएका छैनन्”, उनले भने, “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुईदिने निर्वाचनसम्बन्धी तालिम सञ्चालन भइरहेको छ । तालिम सकिएलगत्तै सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्यक्षेत्रमा खटाइने छ । जिल्लामा आठ सय ४८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो भने राप्रपाले कुनै वडाध्यक्षमा जितेको थिएन । स्थानीय तहको उक्त निर्वाचनमा जुम्लाको वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन निकै बलियो देखिएको छ । कांग्रेस १६ हजार ७५ मत पाएर सबैभन्दा ठूलो पार्टी भएको थियो । माओवादीले १४ हजार एक सय ७५ मत पाएर दोस्रो ठूलो पार्टी बनेको थियो । एकीकृत समाजवादीका उम्मेदवारले छ हजार एक सय ९५ मत पाएका थिए । सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा प्रतिनिधिसभाका लागि एमाले ३० हजार मतले पछि परेको देखिन्छ । एमालेले वडाध्यक्षमा छ हजार नौ सय ६२ मत पाएको थियो भने राप्रपाले पाँच सय ४० मत मात्र पाएको थियो ।
निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय छवटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्यको निर्वाचनका लागि (क) मा ३६ हजार सात सय ८३ र (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ ।