आज विश्व हेपाटाइटिस दिवस

आज विश्व हेपाटाइटिस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । प्रदूषित पानी, बच्चाको दिशा, रगत, सिरिञ्ज, असुरक्षीत यौन सम्पर्क, आमाबाट बच्चामा गरी यो रोग लाग्ने र सर्ने गर्छ । पाँच प्रकारमा विभाजन गरिएको हेपाइटाइटिसका कारण वर्षेनी विश्वभर ४० करोड भन्दा बढि मानिस संक्रमित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने हेपाटाइटिसका कारण वर्षेनी साढे २ लाख नागरिक संक्रमित हुने गरेका छन् ।

सम्बन्धित समाचार