नेपालका ९० प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा ।।

नेपालको कुल जनसंख्याको जनसङ्ख्या ८९ प्रतिशत नागरिक आधारभूत स्तरको खानेपानीको पहुँचमा रहेको तङ्याकले देखाएको छ । काठमाडौंमा हिजोबाट सुरु भएको मानव जीवनका लागि अत्यावश्यक पानी बारेको दुईदिने राष्ट्रिय सम्मेलनमा उच्चस्तर र सुधारिएको पानीको पहुँचमा जम्मा २० प्रतिशत नागरिक रहेको खानेपानी तथा ढल व्यवस्थापनका विभागका महानिर्देशक सुनिल कुमार दासले जानकारी गराउनुभयो । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले नेपालको सबै क्षेत्रमा खानेपानीको पहुँचका लागि सरकारले एकिकृत रुपमा योजनाहरु अघि बढाएको बताउनुभयो । उहाँले तीन तहका सरकारले आपसमा समन्वय गरेर खानेपानीको पहुँचमा नागरिकलाई पु¥याउनका लागि नीति पनि निर्माण गरिने बताउनुभयो ।

सम्बन्धित समाचार