विदेशबाट फर्किएकाहरुको लागि नयाँ कार्यक्रम ल्याउँदै सरकार ।।

वैदेशिक रोजगारीबाट फकिएका व्यक्तिलाई लक्षित गरेर सरकारले पारिवारिक पुर्नएकीकरण कार्यक्रम यसैवर्षदेखि सञ्चालनमा ल्याउने भएको छ । मुलुकभरमा कार्यक्रम सञ्चालन गरिने भएपनि पहिलो वर्ष परीक्षणका रूपमा सातवटै प्रदेशका केही स्थानीय तह छनोट गर्न लागिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै जाने प्रदेश, जिल्ला र स्थानीय तह प्राथमिकतामा पर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआईएनसंग बताउनुभयो । पारिवारिक पुर्नएकिरण कार्यक्रम सञ्चालनका लागि बोर्डले विभिन्न सरोकारवालासँग सुझाव सङ्कलन समेत गरिसकेको छ । बोर्डले कार्यक्रमका लागि तयार पारिएको कार्यविधि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ । मन्त्रालयबाट कार्यविधि र बैदेशिक रोजगार बोर्डको बैठकबाट बजेटसहितको कार्ययोजना स्वीकृती भएपछि ‘पारिवारिक पुर्नएकिकरण’ कार्यक्रम सञ्चालन हुने बोर्डले भनेको छ ।