आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा नेपाल र सिंगापुर खेल्दै ।।
आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसियाको अन्तिम खेलमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि आजको खेल महत्वपुर्ण मानिएको छ । सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा बिहान सवा ७ बजेबाट सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको सिंगापुर यो समाचार तयार पार्दा सम्म २ विकेटको क्षतिमा १ सय ६२ रन बनाएर खेलि रहेको छ । अघिल्लो चरणमा प्रवेश गर्ने लक्ष्य सहित मैदान उत्रने दुवै टोलीका लागि आजको खेल निर्णायक मानिएको छ । यसअघि हिजो भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।








