जुम्ला सडक खण्डको पहिरो पञ्छाउदै सुरक्षा निकाय र स्थानीय सरकार
जुम्ला ः यहि असोज २९ गतेबाट परेको अविरल बर्षाका कारण जुम्ला अहिले क्षेतीग्रस्त छ ।जुम्ला सडक खण्डमा ठाउँठाउमा ठुलो पहिरो गएको छ । बाढि र पहिरोले जुम्ला –कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुदा एक हप्ता देखी यहाको आवागन बन्द छ । त्यस्तै कर्णाली राजमार्ग अवरुद्ध हुदा स्थानीय आवागमनमा पनि पूर्ण बन्द भएपछि यहाको दैनिकी कष्ठकर बनेको छ ।
पहिरो गएको स्थलमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र स्थानीय सरकार सहितको टोली तिब्रगतिमा लागेको छ ।
त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा ३ किलोमिटर खण्डमा पहिरो गएको छ । त्यहा राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सड्क डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ ।
त्यो क्षेत्रमा ससस्त्रप्रहरीका एसपि चित्रङ्गगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द्ध सहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।
त्यस्तै कर्णाली राजमार्गको रारालिहीमा ३ वटा स्काभेटर लगातार काम गरिरहेका छन् । यसका साथै ब्रेकरले समेत काम गरेपनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था भएको छ,नन्दबक्सका गणपति थापा भने , ।
सेना सहित सुरक्षा निकाय प्रमुखहरु राजमार्गमा खटिएका छौ । ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकाय सँग अनुमति मागिसकिएको र काम शुरु गरिने छ । यो काम अझै २,३ दिन लाग्ने सुरक्षा निकायले जनाएको छ ।
त्यस्तै नाग्म–गमगडि राजमार्गको ८ देखी १० स्थानमा पहिरो गएर सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडि राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो आएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सड्क सुचारु गर्न काम शुरु गरिएको छ ।
नाग्म गमगडि सडक खण्डको पहिरो पञ्छाउदै स्थानीय सरकार
सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले भने, सिंजामा सड्क सूचारु गर्न स्काभेटरले काम भईरहेको छ । उनका अनुसार हिमा क्षेत्र बढि पहिरो गएको र चाडै खुलाउनु पर्ने अवस्था देखिन्छ ।
त्यस्तै कनकासुन्दरी गाउँपािलका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम भईरहेको छ । उनले भने, जुम्लामा सवैभन्दा बढी मानवीय क्षेति कनकासुन्दरीले व्यहोर्नु परेको छ । उनका अनुसार यसमा क्षेत्रका ७ घर पूर्ण क्षेति भएको छ ।
त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भईरहेको बताए । उनका अनुसार केही स्थानमा बाटोको निसानानै नभएकाले नयाँ बाटो खोल्ने काम भईररहेको छ । अध्यक्ष शाहीले स्काभेटरमा हाल्ने तल पनि सकिएकाले सकस भएको बताए ।
त्यस्तै नेपाली सेनाले कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्मगाड, सेरावाडा, राँचुली, सेरिघाटमा पहिरो आएको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिए भएको छ । .
नेपाली सेनाका अनुसार नाग्म गमगडि राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो गएको छ । सात घुम्ति, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगडिमा पहिरो गएको छ ।