जुम्लामा रहस्यमय आगलागी : करोड भन्दा बढी क्षेती

जुम्ला ः यहि २१ गते राती आग्लागी हुदा करोडौँको क्षेती भएको छ । राति १२ बजेको समयमा रहस्यमय आगलागी भएको प्रहरीले बताएको छ ।चन्दननाथ नमुना मावि स्कुलको भाडामा रहेको टहरामा रहेको बिरेन्द्र फेन्सी पसल, र बिष्णु सुनचाँदी पसलमा ठुलो क्षेती भएको हो ।

चन्दननाथ नगरपालिका ८ का तिलबहादुर भण्डारीले २०५३ सालदेखी कपडा पसल गर्दै आएका थिए ।उनले भने, झण्डै एक करोड बढीको फेन्सी आइटमको सामान जलेर नष्ट भएको छ ।२१ गते राती १२ बजे तिर आगोलगाइएको रहेछ । हामीलाई साढे २ बजे तिर मात्रै छिमेकीले खवर गरेका थिए ।रातीको समयमा भारी वर्षा भइरहकाले कुनै सामान बचाउन सकिएन ।
पछाडी पट्टीको पर्खाल भत्काइएकोले चोरले आगो लगाइको हुन सक्ने आशंका घोषणा गरिएको छ ।उनले भने,”चन्दननाथ स्कुलको सुइटर , जुता, चप्पल ,ज्याकेट, मोजा, धोती,लगायतका सबै सामग्री जलेर नष्ट भएको छ । भण्डारीका अनुसार स्थानीय, नेपाल प्रहरी ,ससस्त्र प्रहरी, र नेपाली सेनाको टिमले आगोनियन्त्रमा लिइएको हो ।

त्यस्तै बिष्णु सुनचाँदी पसलमा पनि क्षेती भएको प्रहरी निरिक्षक धर्मराज जोसीले बताए । उनका अनुसार, बिष्णु सुनचाँदी पसलको २०,लाख , ४७ हजार पाँचसय रुपैयाको क्षेती भएको छ । उनले भने, बिरेन्द्र फेन्सी पसलका क्षेत्रीको बिवरण प्रहरीले एकृन नगरेको बताएको छ । आग्लागी कसरी र कसले गर्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । आगलागीबाट स्कुलका दुई वटा टहरा र चन्दननाथ बिद्यालयको मुल गेटमा समेत क्षेती भएको छ ।

सम्बन्धित समाचार