जुम्ला ः सिजाका ३ गाउँपालिका लाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ । बाढि र पहिरोले सवै भन्दा बढि क्षति पुरयाएको भन्दै हिमा, सिजा र कनकासुन्दरी गरी तिन पालिकालाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गर्न सरकार समक्ष माग गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपत व्यवस्थापन समितिको वैठकल जनधनको अत्याधिक क्षेति भएकाले संघीय सरकारलाई राहात, उद्धार तथा पुनस्थापनाका लागि आवहन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने,”जिल्ल्ला विपत व्यवस्थापन समितिको विहिवार बसको वैठले विपत जोखिम
न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १,३,४,६,७ र ८, तिला गाउँपालिका वडा नम्बर १,२,३,४ ६ र ७, गुठिचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरि पठाईएको छ ।
बाढि र पहिरोले जुम्लामा १ एक हजार ६ सय ७५ जना बिस्थापित भएका छन् ।त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार ३१६ घर पूर्ण क्षेति, ४४० घर उच्च जोखिम, ७२६ घर आशिंक क्षेति भएका छन् ।
जिल्ला प्रशासनका अनुसार जुम्लामा १० जनाको बाढि पहिरोले मृत्यू भएको र एक बेपता छन ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार सवैभन्दा बढि हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा यस पटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन वाँकी रहेको छ । २०७९ असोज १९ गतेदेखी परेको अविरल बर्षा र बाढिले अहिले सम्म कर्णाली राजमार्ग अवरुद्ध छ ।
जिल्लाको सवै शक्ति प्रयोग गरेर सड्क सूचारु गर्न काम भईरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउमा पहिरो गएकाले अवरुद्ध भएको र सफाई भईरहेको स्थानीय तहले जनाएका छन् ।
त्यस्तै सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेकोमा बताए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढि पहिरो आएर बिस्थापित भएको जानकारी दिए ।