जुम्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फका साँझा उम्मेदार गोमा गौतम (कुंवर)

जुम्ला ः आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू देशभर९ प्रतिशतमा समेटिएका छन्। तर जुम्लाले भने प्रतिनिधिसभा सदस्यका लागि महिला उम्मेदवार पाएको छ । प्रतिनिधिसभा सदस्यका लागि महिला उम्मेदवार गोमा गौतम ( कुंवर )प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।

उनी गठबन्धनको तर्फतबाट साँझा उम्मेदवार जुम्लामा गोमा गौतम ( कुँवर ) प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र म शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् । भने माओबादी बाट टिकट नपाएपछि डाक्टर बलबहादु रोकाया स्वतन्त्र उम्मेदवारी दिएका छन ।

दश वर्षे जनयुद्धमा होमिएकी आमोबादी केन्द्रकी केन्द्रीय सदस्य कुँवर ०७० को दोस्रो संविधानसभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी थिइन् । उनी जुम्ला जिल्ला बाट पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्दैछन ।यस अघिको निर्वाचनमा समानुपातिकतर्फ चुनाव लडेकी थिइन ।

गोमा गौतम ( कुंवर) ०५४ सालमा स्कुल पढ्दा–पढ्दै माओवादी जनयुद्धमा होमिएकी उनले आसन्न निर्वाचनलाई अवसर र चुनौतीको रुपमा लिएकी छन् भने लामो राजनीतिक संघर्षलाई पहिलो पटक जनताको अभिमतबाट अनुमोदन गराएर महिला जुम्ली जनताका समस्या उजागर गर्ने पक्षमा छिन् ।

गोमा भन्छिन,”खेलाडीले हार्छु भनेर मैदानमा उत्रिने होइन। जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मेकी गोमा १४ वर्षकै उमेरमा जनयुद्धमा होमिएकी हुन् ।
०५६ सालमा सोही पालिकाकै वडा नम्बर ७ का वीरबहादुर कुँवर (सुरेश पाहाडी )सँग उनले जनवादी विवाह गरेकी हुन । वीरबहादुर पनि जनयुद्धमै सहभागी थिए । अहिले उनी माओबादी केन्द्रका जुम्ला जिल्लाका पाटी अध्यक्ष समेत छन ।

एउटा पिछडिएको क्षेत्र अझ जुम्लाको विकट गाउँकी एउटा महिला, नितान्त रुपमा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै गर्दा जुम्लामा फरक तरिकले हेरिएको छ । गोमाको यो उम्मेदारीले यस समाजमा रहेको महिला प्रतिको हीनताबोध हटाउने निश्चत देखिन्छ । समाज नै महिलाको विकासका बाधक बनेको बेला पछिल्लो समयमा महिला नेतृत्वले गरेका केही प्रसंशनीय कामहरुले नै केन्द्रविन्दु बनाउन सकिन्छ ।

गोमाले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै गर्दा खुसीसँगै चुनौतीको रुपमा पनि लिएको बताएकी छन् । ‘एउटा पिछडिएको क्षेत्र अझ जुम्लाको विकट गाउँकी एउटा महिला, नितान्त रुपमा पहिलो पटक प्रतिस्पर्धाको मैदानमा होमिँदा ठुलो चुनौती त छ नै,’ उनले भनिन्, ‘सबै हिसाबले यो चुनौतीको विषय छ ।’

निर्वाचनलाई आफूले परीक्षाका रुपमा लिएको उनले बताइन् । महिलाले जित्न सक्दैनन् भन्ने भ्रम तोड्न पनि आफ्नो उम्मेदवारी सार्थक बन्ने उनको विश्वास छ ।

हिजोको तुलनामा महिलाप्रतिको सामाजिक दृष्टिकोणमा आएको परिर्वतन देख्ने तथा त्यसलाई सदुपयोग गरेर अघि बढ्ने तथा महिलाहरूको विकास र सशक्तीकरणका रुपमा अघि बढ्नुमा जनयुद्धको सफल्ताका रुपमा लिइएको पान्छ ।

निश्चय नै विभिन्न कालखण्डमा कतिपय नारीहरूले आफ्नो उपस्थिति विशेष रूपमा स्थापित गर्न पाएको देखिन्छ । समाजको एउटा तप्कामा त छोरा र छोरीमा समान अवसरको स्थिति विकाससमेत भइसकेको छ ।

यद्यपि यसका बाबजुद लामो समयदेखि समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक समाजको सामाजिकताको प्रभाव गर्भमा रहेको बच्चादेखि नै पर्न सुरु गर्छ । त्यसलाई लामो संघर्षको क्रममा मात्र बदल्न सम्भव हुन्छ । तर त्यसका लागि प्रथम अग्रसरता त महिला स्वयंबाट नै सुरु हुन जरुरी छ ।

त्यस्तै आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू ९ प्रतिशतमा समेटिएको बिभिन्न अध्यायनले देखाएको छ । चुनाव तोकिएपछि प्रत्यक्षतर्फबाट चुनाव जितेका महिला सांसदले जनसंख्याका आधारमा सिट सुनिश्चित गर्न माग राखेका थिए।

उनीहरूले २०७९ साउन १६ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या ५० प्रतिशत हुनुपर्ने माग राखेर संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता गराएका थिए।

संसमा रहेका राजनीतिक दलका महिलाको प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवार पाउनुपर्ने माग थियो। तर, दलको नेतृत्वमा पुरुषकै वर्चश्व रहेको र प्रत्यक्ष चुनाव लड्नसक्ने महिलालाई पनि समानुपातिकमा सीमित गरेकाले महिलाको उम्मेदवारीमा यसपटक पनि कमी आएको हो।

टिकट बाँड्नुअघि नै ५० प्रतिशत उम्मेदवार बनाउन माग गरेका महिला नेतृहरूले आफ्नो दलभित्र भने माग राख्न सकेको देखिएन। ठूला भनिएका राजनीतिक दलहरूले पनि महिलालाई प्रत्यक्षतर्फ टिकट दिन खासै वास्ता गरेको देखिँदैन। नेतृत्वका नजिकका नाता एवं पहुँचवालाले टिकट पाउँदा महिला पछाडि परेका हुन्।

त्यस्तै यस अघि चुनावी मैदानमा उत्रिसकेका महिला नेताहरू प्रत्यक्षतर्फ महिला उम्मेदवार कम हुनुमा महिलालाई नेता स्वीकार नगर्ने सोच, सामाजिक संरचना र निर्णायक तहमा पुरुष मात्रै हुनुको परिणाम ठान्ने गरेका छन ।तर, महिला भएकै कारण आफूहरूको उम्मेदवारी भएको भनेर बुझ्नु गलत हुने उनीहरूको भनाइ छ ।
त्यस्तै निर्वाचन आयोगको आइतबार तयार पारेको विवरण अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाको उम्मेदवारी परेको छ ।

त्यस मध्ये महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत र प्रदेशसभामा ८.५९ प्रतिशत मात्रै छ ।