विपद् पीडितलाई राहत माग गर्दै सांसद भण्डारीको टोली गृह मन्त्रालयमा

जुम्ला ः कर्णालीका विपद् पीडितहरूलाई राहतको माग गर्दै संविधान सभा सदस्य तथा कर्णाली प्रदेसका पुर्व मन्त्री, नरेश भण्डारी गृह मन्त्रालयमा पुगेका छन । अविरल बर्षाका कारण जुम्ला, लगायत कर्णलीका विभिन्न जिल्लाहरूमा मानवीयक्षेती सहित बालीनाली, कृर्षियोग्य जमिनमा समेत ठुलो क्षेती भएको भन्दै कर्णाली प्रदेसका पुर्व मन्त्री, नरेश भण्डारीको टोली गृह मन्त्रालयमा पुगेको हो ।

सांदस भण्डारीले जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायत कर्णाली प्रदेशका पशुवस्तु तथा भौतिक (सडक, पुल, सिंचाई, तटबन्ध, जलविद्धत, खानेपानी, टेलिफोन टावर) ठुलो क्षति जनजीवन कष्टकर भएकाले मन्त्रालयमा पीडितलाई राहतको माग गरीएको बताए । भण्डारीका अनुसार बाढी पीडितहरुको स्थलगत अवलोकन गरी तत्काल राहत स्वरूप खाद्यान्न, लत्ताकपडा, बन्दोवस्तीका सामग्रीहरू उपलब्ध गराउन अनुरोध गरेका छ, ।

उनले भने,”दिर्घकालिन विपद् व्यवथापना गर्नका लागी सम्पुर्ण कर्णालीवाीहरूको निजी आवास विमा कार्यक्रममा संचालन गरी आवश्यक रकम विनियोजन गर्न माग गरेका छौ । संसाद भण्डारीले मन्त्रालयलाई बुर्झाएको पत्रमा भनिएको छ , तिला, हिमा तथा जवा नदी नियन्त्रण परियोजना संचालन गर्ने र सो का लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको छ ।

मन्त्रालय सिंहदरवार, काठमाडौंको ध्याकर्षण गर्नेमा ,महाकृष्ण पाण्डे, गुठीचौर–४ मुनबहादुर रावल, चन्दननाथ–७ ,विश्वमित्र उपाध्याय, तातोपानी–४ ,रामप्रसाद न्यौपाने, तातोपानी–३ ,अमृत सार्की, तातोपानी–३ , रमेश गौतम, तातोपानी–४,मिनराज आचार्य, सिंजा–१ , दलबहादुर वड, सिंजा–१,ः हरिलाल सुनार, हिमा–५,ः कनका सुन्दरीका राज बहादुर पछाई, रहेका छन । जुम्ला लगायत कर्णालीमा ठुलो क्षति भई जनजीवन कष्टकर भएकाले गृह मन्त्री ज्यु तथा उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री ज्यु समक्ष निम्न मागहरू पेश गरिएको हो ।

सम्बन्धित समाचार