जुम्ला ः बाढि पहिरोले कर्णाली राजमार्ग बन्द भएकपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढि पहिरो बाट प्रभावित भएका घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहात बितरण गरको छ ।
जिल्ला बिपत ब्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री राहात बितरण गरेको हो ।
नेपाली सेनाको अगष्टा हेलिकप्टरमा सो क्षेत्रमा केही राहात पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्याएको हो ।
त्यस्तै नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुरयाईएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।
त्यस्तै असोज २७ गते हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुरयाएको छ । हेलिकोप्टर गते २४ गते कनकासुन्दरी र हिमाका घाईतेको उद्धार भएको जानकारी गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिले राहात पुरयाएको छ । उनले भने,कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यन्न ल्याइएको छ । प्रजिअ केसरीले कति संख्यामा वितरण भयो त्यसको एकिन आउन विवरण वाँकी रहेको छ ।
त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताए ।
गत असोज १९ गतेबाट २५ गते सम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा ३सय ८६ घर पुर्ण क्षेति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षेति भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।
त्यस्तै यता कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षेति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भईरहेको बताए ।