जुम्लाको प्रतिनिधि सभाको सांसदका लागि ५ जनाको उम्मेदवारी परेको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमाले बाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टी बाट ज्ञानबहादुर शाही, नेपालमजदुर किसान पार्टीकाट डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी परेको मुख्यनिर्वाचनअधिकृतको कार्यालयले जानकारी दिएका छन । काफ्ले नेमकिपाबाट संविधान सभा सदस्य समेत हुन।
मुख्यनिर्वाचनअधिकृत बिष्णुप्रसाद गौतमका अनुसार संघीय सांसदमा डाक्टर कलबहादुर रोकायाको स्वतन्त्रउम्मेदवारी परेको छ । रोकाया नेकपामाओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् ।
प्रदेशसभामा १३ जनाको उम्मेदवारी ः
मुख्यनिर्वाचन कार्यालयका अनुसार जुम्ला प्रदेश (क) बाट ६ जना र प्रदेश (ख) बाट ७ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभा (क ) गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका कणाली प्रदेश सभापति ललितजंग शाहीले उम्मेदवारी दिनुभएका दिएका छन ।
यसैगरी नेकपा एमालेबाट धिरेन्द्रराज गिरी, राप्रपाका अंगतप्रसाद देवकोटा, नेमकिपाका राजेश्वर देवकोटा, राप्रपा नेपालकाअग्नि प्रसाद धितालको उम्मेदवारी दर्ता भएको छ।यसैगरी स्वतन्त्र उम्मेदवारी देवेन्द्रबहादुर शाहीको परेको छ । शाही नेपाली कांग्रेसका महासमिति सदस्य हुन । उनी २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार उठका थिए।
जुम्ला प्रदेश सभा (ख) मा सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचनअधिकृत गौतमका अनुसार गठवन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यतथा कर्णालीका भौतिक पुर्वाधार मन्त्री पदमबहादुर रोकायाको उम्मेदवारी परेको छ । प्रदेश (ख) मा नेकपा एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने, नेमकिपाका विर्खबहादुर रावतको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश (ख) मा ३ जनाको स्वतन्त्रउम्मेदवारी परेको छ । नेपाली कांग्रेसका पुर्व सभापति दिपबहादुर शाही, नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी परेको हो ।
यसैगरी नन्दराम रोकायाको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । रोकाया नेकपा समाजवादीकाजिल्ला नेताहुन् । मौसम खरावीका कारण धेरै जसो उम्मेदवारले वारिसे दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।