जुम्लामा वर्षाका कारण पहिरोमा परी सात जनाको मृत्यू, दुई बेपत्ता

जुम्लामा अविरल वर्षाका कारण पहिरो पुरि सात जनाको मृत्यू भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यू भएको प्रहरीले जनाएको हो ।

प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यू हुनेमा घरमुली ५५ बर्षिय गणेश शाही, २२ बर्षिय छोरा रमेश शाही, रमेश शाह्ीकी २२ बर्षिय श्रीमति पानसरा शाही, रमेश शाहीका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षिय विद्या शाहीको रहेका छन । उनले भने मृतकको शव उद्धार गरिएको छ ।

सो घटनामा स्थानीय सरस्वति हमाल र रामबहादुर हमाल घाईतेभएका छन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्द्ध सहितको टोली थप उद्धारका लागि गएको छ ।
आमा छोरो बेपत्ता
त्यस्तै बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका ३ जोगिवाडामा बाढि आउदा स्थानीय २५ बर्षिय सत्यदेवी योगी र उनका ३ बिर्षिय छोरा विनम योगी वगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको खोजी कायर्यभईरहेको छ ।

सम्बन्धित समाचार