जुम्ला ः जुम्लामा अविरल वर्षाका कारण बाढी पहिरो बाट ठुलो क्षेति पुगेको छ । बाढी पहिरोबाट बिस्ताबित भएका घरपरिवारलाई उद्धार तथा राहत दिनका लागी जिल्लाबिपतव्यवस्थापन समितिको वैठक बसेको छ । बिपत व्यवस्थापन समितिको वैठकले जिल्लाको सांरांस पतिवेदन प्रस्तुत समेत गरेको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जुम्लाको बाढी र पहिरोमा परि १० जनाको मृत्यू बताए । उनका अनुसार कनकासुन्दरी ५ मा गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकको टोली सिंजा पुगेर पोष्ट मार्टम गरि दाहासंस्कार गरिएको छ ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ निवासी खड्क न्यौपानेको बाढिले बगाएर मृत्यू भएको छ । यसैगरी हिमागाउँपालिका ३ जोगिवाडामा बाढिले आमा छोरा बगाएकोमाआमाको शव भेटिएको प्रजिअ केशरीले जानकारी दिए । जिल्लाको गुठिचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउनका लागिवास बसेकी एक महिलाको समेत मृत्यू भएको छ ।
प्रजिअ केसरीका अनुसार हाल सम्मको प्रहरीको तथ्यांक अनुसार जिल्लामा ८५ घर पुर्ण क्षेति, दुईसय घर आशिंक क्षेति र १०० घर उच्च जोखिममा रहेका छन् । यसैगरी कर्णाली राजमार्ग, नाग्म गमगडि राजमार्ग पहिरोले यातायात आगमन ६ दिन देखी वन्दभएका छन् । २० गते वेलुकीबाट टेलिफोन र ईन्टरनेट सेवा समेत बन्दभएको छ । खानेपानी अभाव तथा विधुत समेत वन्द भएकाले समस्या भएको हो । कृषिवालीमा अत्याधिक क्षेतिभएको छ । पाकेर भित्र्याउनलागेको मार्सीधानमा धेरै क्षेतिपुगेको छ भने सिमी, कोदो, मकै, सहितका वालीहरुमा क्षेतिपुगेको छ ।
राहातमा जुट्यो जुम्ला
अत्याधिकक्षेति भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले तत्काल गर्नुपर्ने कामहरु र राहातका लागि निर्णय गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिकदल, स्थानीय प्रशासन, सुरक्षानिकायका प्रमुखहरु, पत्रकार तथानागरिक समाजको उपस्थितमा सम्पन्न वैठकमा तत्काल सड्क सुचारु गर्न तथा आकस्मिक रिस्क्यू तथा राहातका लागि जिल्लाको सवै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ ।
वैठकले २०७९ असोज १९ गते देखीको अविरल बर्षाका कारण राजमार्गमा पहिरो आई वन्द भएकाले सुचारु गर्न सड्क विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तह मध्यचन्दननाथनगरपालिकाले रु चार लाख र गाउँपालिकाले रु दुईलाखका दरले जिल्ला विपत विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरियो । जिल्लाव्यवस्थापन समितिको कोष बृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरु खुलाउनजिल्लाकासवै डोजर प्रयोग गर्ने निर्णय गरिएको छ ।
स्थानीय सरकारले विपतमा पूर्ण रुपमालागेर काम गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुखगौरी नन्द आचार्यले सवै तहले एकसाथदुःखको घडिमा काम गनुपर्ने बताए ।चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाकाअध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीयतहको क्षेतिको अवस्थाकाबिषयमाजानकारी गर्नु भएको थियो ।
३ जनालाई हवाई उद्धार
विपतमा परेर घाईते भएकादुईजना रविजुली वनाउदा लडेर घाईते भएका दुई जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । कनकासुन्दरी गाउँपालिकामा घाईते भएका सरस्वति हमाल र रामबहादुर हमाललाई सुर्खेतमालिई उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।