जुम्लाको घोडादौड प्रतियोगिता : विकास बोहराको घोडा प्रथम

जुम्ला ः जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ ।सोही गाउँका शंकर रोकाया द्धतिय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतिय भएका छन् ।
त्यस्तै घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो ।

यसअघि जुम्लाको विमान स्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो ।२०५६÷०५७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो ।
तर केही बर्ष यतादेखि कर्णाली स्पोट्र्स क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली सस्कृतिलाई जगेर्ना गर्दै आएको छ । यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ ।

त्यस्तै पालित तर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्धतिय र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतिय भएका छन् ।
कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत द्धतिय र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तृतिय भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए ।

तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए ।

त्यस्तै पछिल्लो समयमा घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास, ठ्याक्कै थाहा छैन ।
तर यसअघि जुम्ला एयरपोर्ट पिच हुनु भन्दा अगाडी एयरर्पोटमै घोडा दौड हुन्थ्यो ।’ एयरपोर्ट पिज भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागीता थियो ।









