जुम्ला ः हिमागाउँपालिकाले जुम्ला कारागारका कैदीबन्दीलाई भेडो उपाहार दिइएको छ । गाउँपालिकाल जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई दसैंका लागि भोडो उपलब्ध गराएको हो। पालिका अध्यक्ष लक्ष्मीमान शाहीले आइतबार कारागार परिसर पुगेर भेडो सहित खेलकुदका सम्मपुर्ण सामाग्रीहरु कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन्।
उनले भने,”दशै जस्तो चाडपर्वमा मानवताका हिसावले कैदी बन्दीले पनि हर्ष र सुखि हुन सक्नुन भन्नका लागी हिमा गाउँपालिकाले यस्तो कार्य गरेको छ ।अध्यक्ष शाहीका अनुसार पालिकाले कैदीबन्दीका लागि एउटा २२ हजारको भेडो र र भलिबल नेट ,लागायतका आबश्यक सामाग्रीदिइएको हो ।
कारागारमा रहेका कैदीबन्दीलाई दसैं मान्न राहत मिलोस् भनेर खसीसहित खेलकुदका सामग्री उपलब्ध गराएको छ ।’जुम्लामा हाल कारागारमा १ सय सय ८ जना कैदीबन्दी रहेका छन्। जसमा ३ महिला रहेका छन ।