जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हो : समन्वय प्रमुख आर्चाय

जुम्ला : जेष्ठ नागरिकलाई सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले बताए । उनले ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा यस्तो बताएका हुन ।
उनले,”आजका युवा भालीका ज्येष्ठ नागरिक हुने भएकाले उनीहरु प्रति सम्मान गर्नु पर्ने बताए । सरकारले ज्येष्ठ

नागरिकको कल्याण र सुरक्षाका लागि विभिन्न व्यवस्था गरेको छ । तर पनि घरपरिवारले पनि सम्मान गर्नु पर्ने बताए ।
त्यस्तै जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज राज्यबाट प्रदान गरिने स्वास्थ्य लगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको छ ।

त्यस्तै यस वर्ष ‘ज्येष्ठ नागरिक उत्थानशिलता ःबदलिँदो विश्वका लागि अपरिहार्यता’ नारा रहेको छ । यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गन सबैको दायित्व रहेको बताए ।
    दिवमा २० जनालाई कम्बल र टर्च बितरण

३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्दननाथ नगरपािलकाका २० जना नागरिकलाई कम्बल र टर्च बितरण गरिएको छ ।चन्दननाथ नगरपालिकाको महिला शाखाको आर्थिक सहयोग र जेष्ठ नागरिक संघ जिल्ला कार्या समितको आयोजनामा आउदै गरेको जाडो समयलाई मध्यनजर गर्दै कम्बल र टर्च बितरण गरिएको हो ।

चन्दननाथ नगरपालिकाका दशै वटावडाको सिफारिसमा बिपन्न जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको चन्दननाथ नगरपालिका महिला शाखाका कार्यरक्त बालकल्यान अधिकारी पुस्पा थापाले बताईन ।

त्यस्तै चन्ददनाथ नगरका नगर उपप्रमुख रामदेवी खड्काले अव स्थानीय सरकारले जेष्ठनागरिकका लागि योजना बनाएर काम गर्ने बताइन ।उनले भनिन,”जेष्ठ नागरिक हामी सबैका अभिभावक हुन । यसको लागी स्थानीय सरकार सबै प्रतिबद्ध रहेको बताइन ।

सम्बन्धित समाचार