वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै चन्दननाथ सहकारी

जुम्ला बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ बहुउश्य सहकारी संस्थाको आर्थिक कारोबार झण्डै एक अर्ब पुगेको छ । जसका कारण यो सहकारी संस्था वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । ऋण लगानी, वित्तिय पहुँचमा बृद्धि, ग्रामिण महिलाको क्षमता बृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारील अब्बल बन्दै गएको हो ।
बार्षिक खुद नाफा मात्रै एक करोड ५ लाख ४० हजार ३२४ रुपिया रहेको छ । सहकारीले विजया दसैको शुभकामना आदानप्रदान कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरेको हो ।
चन्दननाथ सहकारीका २२ हजार ७ जना सदस्य र ४ लाख ५३ हजार ३०३ शेयर किर्ताको ४ करोड ५३ लाख ३० हजार ३ सय शेयर रकम रहेको व्यवस्थापक ऋषिराम पाण्डेले बताए । सहकारीको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै व्यवस्थापक पाण्डले भने, ‘वित्तिय कारोबारका क्षेत्रमा कर्णालीमै हामी अब्बल छौँ ।

सामाजिक क्षेत्रमा पनि उल्लेखीय लगानी गरेर सबैको मन जितेका छौँ । अझै सहकारीलाई ऐन कानुन अनुसार चुस्तदुरुस्त बनाउने छौँ ।’ संस्थाको स्व. संचालन क्षमता १२३ दशमलव ७० प्रतिशत रहेको छ ।
कर्णालीभरी गरेर सहकारीमा हालसम्म २२ हजार ७ जना सदस्य आबद्ध रहेका छन् । ती मध्य ९० प्रतिशत सदस्य महिला छन् । ३९ करोड १५ लाख ६६ हजार ७७० लगानी रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ ।
त्यस्तै सहकारी संस्थाले अगार्निक मिनी मार्केट तथा कोशिली घर सञ्चालन, ग्रामीण भेगमा दुई वटा सुपथ पसल सञ्चालन गरेको संस्थाकी अध्यक्ष दुर्गादेवि न्यौपानेले बताइन् । उनले भनिन् स्वास्थ शिविर सञ्चालन तथा स्वास्थ्य सेवा केन्द्र स्थापना, सदस्यहरुलाई माक्स तथा स्यानिटाइजर बितरण, सदस्यद्धारा उत्पादित कृषि तथा पसुजन्य बस्तुहरु खरिद गरी बजारीकरण गरिएको छ ।

जुम्लामा २०३१ सालमा चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड स्थापना भएको हो । सहकारीले कर्णाली प्रदेशका सुर्खेतसहित ६ जिल्लाका ३१ सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । समुहमा बित्तिय साक्षरता तालिम संचालन, सदस्यहरुलाई क्षमता अभिमुखीकरण तालिम प्रदान, गाउँ घरमा गुणस्तरिय शिक्षा प्रदानको लागि बोर्डिङ स्कुल संचालन, उन्नत जातको बिउ उत्पादन गरी प्रसोधन तथा बजारीकरण र भण्डारण गरिएको छ । यस्तै कृषि सम्बन्धि तालिम सञ्चालन, सदस्य सुदृढिकरण कार्यक्रम सञ्चालन, लक्षित बर्ग छात्रबृदी कार्यक्रम, जोखिम कोष बितरण, कर्जाको बिमा सुबिधा कार्यक्रम सञ्चालन गरिएका छन् ।

संस्थाको उल्लेख्य कार्यप्रगति प्रति चासो व्यक्त गर्दै पूर्वराज्यमन्त्री बलबहादुर महतले राज्यको वित्तिय क्षेत्रको तीन खम्बे नीति मध्ये सहकारीको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने सहकारीमार्फत बैंक पनि स्थापना भएका छन् ।
सहकारीले आयआर्जनमा टेवा पु¥याएको छ । नागरिकको आर्थिक उपार्जन तथा जीविकोपार्जनमा सहज भएको छ । यस्ता सहकारीलाई अगाडी बढाउन सवैले सहयोग गर्नुपर्दछ । तर कोही यस्ता सहकारी पनि छन् ।

महिलाले धुलोमाटो गिट्टी कुटेर जम्मा गरेका पैसा खाएर भागेका पनि छन् । त्यस्ता सहकारी प्रति सजक हुन आवश्क छ ।दोस्रो संविधान सदस्य डिल्लीप्रसाद काफ्ले, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलगायतले सहकारी संस्थाको प्रगति प्रति खुशि व्यक्ति गर्दै राष्ट्यि तथा अन्र्तराष्टिय बजारमा कर्णालीका कृषि जन्य उत्पादन बजारीकरण गनु सुझाएका छन् ।